एजेन्सी । कोलम्बियामा जारी ९ औं संस्करणको फिफा यु–२० महिला विश्वकपको उपाधि उत्तर कोरियाले जितेको छ ।
सोमवार विहान भएको फाइनल खेलमा एसियाली प्रतिद्वन्दी जापानलाई १–० ले पराजित गर्दै उत्तर कोरियाले २० वर्षमुनीको महिला विश्वकपको उपाधि जितेको हो ।
हारसंगै जापान भने उपविजेतामै सिमित बन्यो ।
इस्टाडियो नेमेसियो कामाचो इल काम्पिन रंगशालामा भएको खेलमा उत्तर कोरियालाई ऐतिहासिक उपाधि दिलाउन चोए इल सनले निर्णायक गोल गरे ।
सनले खेलको १५ औं मिनेटमा गरेको गोल नै उत्तर कोरियालाई विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो ।
सनले प्रतियोगिताभरमै ६ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत भइन् ।