भक्तपुर । श्रीलंकामा जारी ९ औं संस्करणको एसीसी महिला टि–२० एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका छन् ।

भारत साविक विजेता र श्रीलंका साविक उपविजेता टोलीसमेत हुन् ।

शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशमाथि १० विकेटको जित हासिल गर्दै र दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

जारी प्रतियोगितामा भारत र श्रीलंका अपराजित टोली हुन् ।

त्यसअघि समूह चरणमा भारतले समूह ‘ए’ मा शतप्रतिशत जित निकालेको थियो ।

भारतले समूह चरणमा पाकिस्तानमाथि ७ विकेट, युएईमाथि ७८ रन र नेपालमाथि ८२ रनको जित निकालेको थियो ।

यता, श्रीलंका पनि समूह ‘बी’ मा अपराजित रर्यो ।

श्रीलंकाले समूह चरणमा बंगलादेशलाई ७ विकेट, मलेसियालाई १४४ रन र थाइल्याण्डमाथि १० विकेटको जित निकालेको थियो ।

एसियाकैै महारथी टोली भारतले अहिलेसम्म ८ मध्ये सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ ।

सन् २०१८ को प्रतियोगिता भने बंगलादेशले जितेको थियो ।

उक्त संस्करणमा बंगलादेशले भारतलाई फाइनलमा ३ विकेटले पराजित गरेको थियो ।

श्रीलंकाले अहिलेसम्म एसिया कप जित्न सकेको छैन ।

तर, श्रीलंकाले अहिलेसम्म पाँचपल्ट एसिया कपमा फाइनल खेलिसकेको छ ।

९ औं संस्करणको फाइनल खेल आईतवार दिउँसो नेपाली समयअनुसार सवा ३ बजेदेखि सुरु हुने तालिका रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.