एजेन्सी । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) युईएफए च्याम्पियन्स लिगमा पिएसभीसंग बराबरीमा रोकिएको छ ।
मंगलवार राति भएको लिग चरणको खेलमा बलियो पिएसजी डच टोली भिएसभीसंग १–१ को बराबरीमा रोकिएको हो ।
फ्रान्सेली क्लबको घरेलु मैदान पेरिस देस प्रिन्सेस रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीका लागि नोआ ल्याङ र घरेलु टोलीका लागि अचरफ हाकिमीले गोल गरे ।
पहिलो हाफको ३४ औं मिनेटमा इस्माइल सैबारीको पासमा नोआ ल्याङले गोल गर्दै डच टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, दोस्रो हाफको ५५ औं मिनेटमा फावियान रुइजको पासमा हाकिमीले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
खेल अवधिभर भ्रमणकारी टोलीलाई दवावमा राखेको घरेलु टोलीले त्यसपछि खेलमा थप गोल निकाल्न सकेन र खेल बराबरीमा सकियो ।
बराबरीसंगै पिएसजीले ३ खेलबाट ४ अंक जोड्दै लिग तालिकाको १७ औं स्थानमा उक्लिएको छ ।
यता, पिएसभीको पनि समान ३ खेलबाट २ अंकसहित तालिकाको २७ औं स्थानमा रहेको छ ।
गयराति नै भएको अर्को च्याम्पियन्स लिग खेलमा इटालियन क्लब युभेन्टस भने जर्मन क्लब भिएफबी स्टुटगार्टसंग स्तब्ध भएको छ ।
युभेन्टस आफ्नै घरेलु मैदान एलियान्ज रंगशालामा भ्रमणकारी टोली भिएफबी स्टुटगार्टसंग १–० ले स्तब्ध भएको हो ।
बराबरी उन्मुख खेलको अन्तिम केहि समय इटालियन टोली सम्हालिन सकेन ।
८४ औं मिनेटमा ड्यानिलोले दोहोरो पँहेलो कार्डसंगै रातो कार्ड खाँदा युभेन्टस १० खेलाडीमा समेतिन पुग्यो ।
यता, इन्जुरी समयको दोस्रो मिनेटमा इन्जो मिलोटको पासमा इल बिलाल टौरेले जर्मन क्लबका लागि गोल गर्दा युभेन्टस १–० ले पराजित भयो ।
पराजयसंगै युभेन्टसले ३ खेलबाट ६ अंकसहित तालिकाको ११ औं स्थानमा झरेको छ ।
उता स्टुटगार्टले भने समान ३ खेलमा ४ अंक जोडेर लिग तालिकाको १६ औं स्थानमा उक्लिएको छ ।