एजेन्सी । इंग्लिस प्रिमियर लिगमा बलियो चेल्सी फुलहमसंग गोलरहित बराबरीमा रोकेको छ ।
शुक्रवार राति भएको खेलमा चेल्सी घरेलु मैदान स्टामफोर्ड ब्रिजमै गोलरहित बराबरीमा रोकेको हो ।
जनवरी खेलाडी सरुवा बजारमा खेलाडी खरिदमा सर्वाधिक खर्च गरेको चेल्सीले जित भने अझै नामी खेलाडी स्टामफोर्ड ब्रिज भित्र्याएपनि अपेक्षा अनुरुप प्रदर्शन गर्न सकिरहेको छैन ।
चेल्सीले लिगमा २१ खेल खेलिसक्दा ३० अंक जोड्दै लिग तालिकाको ९ औं स्थानमा रहेको छ ।
यता, चेल्सीलाई बराबरीमा रोकेको फुलहमले २२ खेल खेल्दा ३२ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।