भक्तपुर । फिफा विश्वकपअन्तर्गत मंगलवारबाट समूह चरणका अन्तिम लिग खेलहरु सञ्चालन हुँदैछन् ।

आज समूह ‘ए’ र ‘बी’ का चार खेल कतारका विभिन्न रंगशालामा हुँदैछन् । समूह चरणका अन्तिम खेल निर्णायक हुने भएकोले प्रत्येक समूहको खेल एउटै समयमा हुनेछ ।

आज हुने समूह ‘ए’ का खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे हुँदैछ भने राति पौने १ बजे समूह ‘बी’ का खेलहरु हुनेछन् ।

इक्वेडरविरुद्व सेनेगल
जारी विश्वकपको समूह ‘ए’ मा रहेको यी दुई टोली आज आमनेसामने हुँदैछन् । यसअघि समूह चरणका दुई खेलमा एकमा जित अर्कोमा बराबरी नतिजा हासिल गरेको इक्वेडरको तालिकामा चार अंक रहेको छ ।

सेनेगलसंग आज बराबरीको नतिजा नै उत्तर अमेरिकी राष्ट्र इक्वेडरलाई विश्वकपको दोस्रो चरण पुग्न पर्याप्त हुनेछ ।

उता अफ्रिकी राष्ट्र सेनेगललाई भने आज निश्चित जित नै चाहिने छ । यदि आज इक्वेडरसंग पराजित या बराबर भए सेनेगल प्रतियोगिताबाट बाहिरिने छ ।

सेनेगलको दुई खेलमा एकमा मिश्रित नतिजा छ । उसले एक खेलमा जित र अर्कोमा हार बेहोरेको छ । उसको अंक तालिकामा ३ अंक छ । खालिफा अन्तराष्ट्रिय रंगशालामा यो खेल हुनेछ ।

नेडरल्याण्डविरुद्व कतार
युरोपली राष्ट्र नेडरल्याण्डले आयोजक कतारसंग समूह चरणको अन्तिम खेल अल ब्याट रंगशालामा खेल्दैछ ।

एक खेलमा जित र अर्कोमा बराबरी नतिजा आत्मसात गरेको युरोपेली राष्ट्रले आज जितकै लागि खेल्ने निश्चित छ ।

यदि आज कतारविरुद्व जित हात पार्न सके डच टोली समूह विजेताका रुपमा दोस्रो चरण प्रवेश गर्नेछ ।

बराबरी भएको अवस्थामा पनि दोस्रो चरणमा त स्थान बनाउन सकिनेछ तर समूह विजेता बन्न बराबरी नतिजाले अरुमा भर पर्नुपने हुन्छ ।

यता एसियाली राष्ट्र कतार भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । आजको खेल अरेबी राष्ट्रका लागि प्रतिष्ठाको खेल हुनेछ ।

इरानविरुद्व अमेरिका
जारी विश्वकपमा मिश्रित नतिजा आत्मसाथ गरेको इरानले एक खेलमा जित र अर्कोमा हारको नतिजा बेहोरेको छ ।

पहिलो खेलमा इंग्ल्याण्डविरुद्व ६–२ को फराकिलो हार बेहोरेको एसियाली इस्लामिक राज्यले दोस्रो खेलमा वेल्समाथि रोमाञ्चक २–० को जित हात पारेको थियो ।

यता अमेरिकाले भने जारी प्रतियोगितामा दुबै खेल बरारबरी खेलेको थियो । समूह ‘बी’ मा रहेको इरानले अमेरिकामाथि जित हात पारे दोस्रो चरणको स्थान सुरक्षित गर्नेछ ।

त्यस्तै, उसले बराबरीको नतिजा ल्याएता पनि दोस्रो चरण पुग्ने सम्भावना भने रहन्छ । यता अमेरिकालाई भने दोस्रो चरण प्रवेशको लागि इरानमाथि निश्चित जित नै चाहिनेछ । यो खेल अल थुमामा रंगशालामा हुनेछ ।

वेल्सविरुद्व इंग्ल्याण्ड
समूह ‘बी’ को .डर्बी खेलमा आज वेल्स र इंग्ल्याण्ड विश्वकपको समूह चरणको अन्तिम खेलमा आमनेसामने हुँदैछन् ।

संयुक्त अधिराज्य बेलायतका यी अंगका रुपमा रहेका यी दुई राष्ट्रको खेल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ ।

ग्यारेथ साउथगेटको टोली इंग्ल्याण्ड वेल्समाथि सहज जित निकाल्दै समूह विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गर्ने दाउमा हुनेछ । इंग्लिस टोलीले दुई खेलमा चार अंक जोडेको छ ।

उता समूहको पुछारमा रहेको टोली वेल्स पनि चिरिपरिचित टोलीविरुद्व आश्चर्यजनक नतिजा निकाल्दै दोस्रो चरण पुग्ने प्रयासमा हुनेछ । यो खेल अहम्मद विन अली रंगशालामा हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.