एजेन्सी । एसियाली फुटबलको शीर्ष प्रतियोगिता एएफसी एसियन कपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

सनिवार क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै एसियन कपको सेमिफाइल समिकरण पूरा भएको हो ।

सेमिफाइनलमा साविक विजेता राष्ट्र कतारसहित इरान, दक्षिण कोरियाजोर्डन प्रवेश गर्न सफल भएको छ ।

त्यस्तै, एसियाली पावरहाउस मानिएको जापानसंगै अष्ट्रेलिया, ताजकिस्तानउज्बेकिस्तान भने क्वाटरफाइनलबाटै घर फर्किएको छ ।

सनिवार भएको दोस्रो क्वाटरफाइल खेलमा साविक विजेता कतारले उज्बेकिस्तानलाई ट्राइब्रेकरमा ३–२ ले पराजित गरेको थियो ।

त्यसअघि निर्धारित ९० र अतिरिक्त ३० मिनेटको समय १–१ को बराबरीमा सकिएसंगै खेलको निर्णय ट्राइब्रेकरबाट भएको हो ।

यता, सनिवार नै भएको पहिलो क्वाटरफाइनल खेलमा उपाधि दावेदार दुई टोली इरान र जापान आमनेसामने भएका थिए ।

जसमा इरानले बाजी मार्यो । सर्वाधिक ४ पटकका एसियन च्याम्पियन जापानमाथि ३ पटकका च्याम्पियन इरानले २–१ ले खेल जित्यो ।

त्यसअघि शुक्रवार भएको पहिलो क्वाटरफाइनल खेलमा ताजकिस्तानमाथि जोर्डनले १–० को जित निकाल्दा सन् २०१५ को एसियन कप विजेता अष्ट्रेलियालाई २ पटकका पुर्व विजेता कोरियाले २–१ ले पराजित गर्यो ।

एसियाली फुटबलको सर्वोच्च निकाय एसियन फुटबल महासंघ (एएफसी) को आयोजनामा कतारमा जारी प्रतियोगिताको अन्तिम ४ का खेलहरु मंगलवार र बुधवार राति हुनेछ ।

कोपा अमेरिकापछिको पूरानो महादेशिय प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियासंग प्रतिस्पर्धा गर्नेछ ।

मंगलवार राति पौने ९ बजे सुरु हुने खेलमा तुलनात्मक रुपमा कोरिया बलियो टोली हो ।

प्रत्येक ४ वर्षको अन्तरालमा आयोजना हुने एसियाली फुटबलको लोकप्रिय प्रतियोगितामा कोरिया यसपल्ट विजेता बन्ने लक्ष्यमा रहेको ।

टोटनहम हटस्परबाट व्यवसायिक फुटबल खेल्ने सन ह्युङ मिनको कप्तानीमा रहेको टोलीले इतिहासमै पहिलोपल्ट सेमिफाइलसम्मको यात्रा तय गरेको जोर्डनलाई सहजै पराजित गर्दै फाइनल प्रवेश गर्न चाहन्छ ।

उसो त अहमद बिन अली रंगशालामा हुने सेमिफाइनलको पहिलो खेलमा जोर्डन पनि आफ्नो लयलाई कायम राख्दै बलियो राष्ट्र दक्षिण कोरियालाई स्तब्ध तुल्याउँदै फाइनल यात्रा तय गर्ने लक्ष्यमा रहेको छ ।

त्यस्तैगरी, बुधवार राति पौने ९ बजे हुने दोस्रो सेमिफाइनल खेलमा साविक विजेता कतारले बलियो इरानलाई स्तब्ध पार्दै उपाधि घरमै राख्ने योजनाका साथ मैदान उत्रिनेछ ।

सन् २०१९ को एसियन कप विजेता कतारले घरेलु समर्थकको फइदा उठाउँदै इरानलाई पन्छाउन चाहन्छ ।

यता, ३ पटकको एसियन च्याम्पियन इरान पनि कतारलाई उसकै मैदानमा पराजित गर्दै फाइनलमा प्रवेश गर्न चाहन्छ ।

अल थुमामा रंगशालामा हुने उक्त खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

दुबै सेमिफाइनलका विजेता टोलीले फाइनलमा १८ औं संस्करणको एसियन कपको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.