भक्तपुर । पाकिस्तानी क्रिकेटको शीर्ष फ्रेन्चाइज लिग पाकिस्तान सुपर लिग (पिएसएल) को ९ औं संस्करण अहिले पाकिस्तानमा जारी छ ।

पाकिस्तानका ६ सहरका ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको प्रतियोगिता फ्रेबअरी १७ तारिख अर्थात् फागुन ५ देखि सुरु भएको हो ।

पाकिस्तान क्रिकेट बोर्डको आयोजनामा भइरहेको टि–२० ढाँचाको प्रतियोगिता आगामी मार्च १८ अर्थात् चैत ५ गतेसम्म सञ्चालन हुनेछ ।

डबल राउण्ड रोबिन र प्लेअफ्स संरचनामा सञ्चालन भइरहेको प्रतियोगितामा इस्लामाबाद युनाइटेड, कँराची किंग्स, लाहोर क्वालान्डर्स, मुल्टान सुल्टान्स, पेशावर जाल्मीक्वेटा ग्लाडियटर्स सहभागी छन् ।

भारतिय फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपिएल) को जस्तै ढाँचामा प्रतियोगिता सञ्चालन भइरहेको प्रतियोगितामा तालिकाको शीर्ष चारमा अताउने टोली प्लेअफ्समा प्रवेश गर्नेछ ।

शीर्ष चार भन्दा तलका दुई टोली भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिनेछ ।

त्यस्तै, तालिकाको शीर्ष दुईमा रहने दुई टोलीले क्वालिफायर खेल खेल्नेछ ।

जसको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोली इलिमिनेटर दुईमा पुग्नेछ ।

यता, लिग तालिकाको तेस्रो र चौथौंमा रहने टोलीले इलिमिनेटर एक खेल खेल्नेछन् ।

इलिमिनेटर खेल जित्ने टोली इलिमिनेटर दुईमा प्रवेश गर्दा पराजित टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।

त्यस्तै, इलिमिनेटर दुईको खेलमा विजेता हुने टोलीले फाइनलमा उपाधिका लागि क्वालिफायर खेल जित्ने टोलीसंग प्रतिस्पर्धा गर्ने नियम रहेको छ ।

पाकिस्तानमा जारी प्रतियोगितामा अहिले मुल्टान सुल्टान्स लिग तालिकाको शीर्ष स्थानमा रहेको छ ।

मुल्टानले जारी प्रतियोगितामा ८ खेल खेलिसक्दा ६ मा जित र २ मा हारको नतिजाका साथ १२ अंक जोडेको छ ।

सन् २०१६ देखि सुरु भएको पिएसएलमा अहिलेसम्म इस्लामाबाद युनाइटेड र लाहोर क्वालान्डर्सले समान दुई–दुईपटक उपाधि जित्दा पेशावर जाल्मी, क्वेटा ग्लाडियटर्स, कँराची किंग्स, मुल्टान सुल्टान्सले समान एक–एकपल्ट उपाधि जितेका छन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.