
एजेन्सी । रायो भालेकानोले स्पेनिस ला लिगाअन्तर्गत खेलमा गेटाफेमाथि सहज जित निकालेको छ ।
मंगलवार राति भएको खेलमा रायो भालेकानोले ८ खेलाडीमा समेतिएको गेटाफेमाथि २–० को सहज जित निकालेको हो ।
गेटाफेको घरेलु मैदान सिभिटास मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा पहिलो हाफको अन्त्यतिर ४५ औं मिनेटमा सर्जियो कामेल्लोको गोलमार्फत रायो भालेकानोले सुरुवाती अग्रता लियो ।
त्यसअघि ४० औं मिनेटमा घरेलु टोलीक जुआनमी लातासा दोहोरो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
त्यसपछि दोस्रो हाफको ४७ औं मिनेटमा रन्डे एनकेटाको असिस्टमा सर्जियो कामेल्लाले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा रायो भालेकानो २–० ले अघि बढ्यो ।
यता, ५० औं मिनेटमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट लोनमा गेटाफे आएका म्यानसन ग्रिनउडले सिधै रातो कार्ड पाउँदा घरेलु टोली ९ खेलाडीमा समेतियो ।
त्यस्तै, ७० औं मिनेटमा डामियन सुआरेजले पनि रातो कार्ड खाँदा गेटाफे ८ खेलाडीमा समेतियो ।
खेलमा त्यसपछि थप गोल भएन र रायो भालेकानोले जित्यो ।
सहज जितसंगै भ्रमणकारी टोली भालेकानोले १९ खेलमा २३ अंक जोड्दै लिग तालिकाको ११ औं स्थानमा रहेका ेछ ।
पराजित घरेलु टोलीको भने समान १९ खेलमा २६ अंक रहेको छ ।
गेटाफे तालिकाको आठौं स्थानमा कायम रहेको छ ।
ला लिगाअन्तर्ग गयराति नै भएको अन्य खेलहरुमा भ्यालेन्सियाले भिल्लारियलमाथि ३–१ को जित हासिल गर्दा रियल सोसिडाड र आलाभेसले १–१ को बराबरी खेलेका छन् ।