भक्तपुर । विश्व फुटबलको सर्वोच्च प्रतियोगिता फिफा विश्वकप भोली अर्थात आइतवारबाट सुरु हुदैछ । एसियाली राष्ट कतारमा हुने प्रतियोगिता २२ औं संस्करणको हुनेछ ।

विश्व खेलकुदकै लोकप्रिय मानिएको फिफा विश्वकप सन् १९३० मा उरुग्वेबाट सुरु भएयता २१ संस्करणहरु भईसकेका छन् । यस्तोमा प्रतियोगिताको २१ संसस्करणसम्म क–कसले कतिपटक जिते त ? अहिले ति राष्ट्रहरु विश्व फुटबलमा कुन ठाउँमा छ त ? चर्चा गरौं ।

ब्राजिल (५ पटक विजेता)
विश्व फुटबलको महारथी राष्ट्रका रुपमा चिनिएको दक्षिण अमेरिकी देश हो ब्राजिल । २१ संस्करणसम्ममा महान फुटबलर पेलेको देश ब्राजिलले सर्वाधिक पाँच पटक विश्वकप उपाधि चुमेको छ भने दुई पटक उपविजेता भएको छ ।

ब्राजिलले सन् १९५८ मा पहिलो पटक विश्वकप उपाधि उचालेको थियो । त्यसपछि सन् १९६२, १९७०, १९९४ मा उपाधि जित्दा पछिल्लोपटक सन् २००२ मा विश्वकप उचालेको थियो । त्यस्तै, सन् १९५० र १९९८ को विश्वकपको फाइनलसम्मको यात्रा तय गरेको थियो ।

नेयमार जुनियिरको कप्तानीमा रहेको अहिलेको ब्राजिली टिमलाई कतार विश्वकपको प्रमूख दाबेदार टोलीको रुपमा लिईएको छ । इए स्पोट्सले पछिल्लोपटक गरेको भविष्यवानीमा पनि ब्राजिली टोली फाइनलसम्म पुग्ने बताइएको छ ।

ब्राजिली टोलीमा नेयमारसंगै भिनिसियस जुनियर, राड्रिगो, राफिना, एन्टोनी, ग्रावियल जेसस तथा रिचार्र्लिसन जस्ता आक्रमक खलाडीहरुको साथ रहँदा मिडफिल्ड र डिफेन्स लाइन पनि त्यति नै मजबुद रहेको छ ।

फिफाले हरेका महिना निकालिने वरियतामा पछिल्लो अक्टुवर महिनाको वरियताक्रममा ब्राजिल शीर्ष स्थानमा रहेको छ ।

पेले विश्वकप ट्रफीका साथ ।

जर्मनी (४ पटक)
युरोपेली राष्ट्र जर्मनीले अहिलेसम्म चार पटक फिफा विश्वकपको उपाधि उचालिसकेको छ । सन् १९५४, १९७४, १९९० र पछिल्लोपटक २०१४ मा प्रतिष्ठित उपाधि उचालेको छ । त्यस्तै, जर्मनीले सन् १९६६, १९८२, १९८६ र २००२ मा फाइनल खेलेको थियो ।

थोमस मुलर, आइके गुन्डुवान, काई हार्बाटेज, म्यानियल निउर, टेर स्टेगनजस्ता चर्चित अनुहार रहेको जर्मनीको अहिलेको टोली पनि बलियो रहेको छ । पछिल्लो फिफा वरियतामा जर्मनी ११ औं स्थानमा रहेको छ ।

इटाली (४ पटक)
फिफा विश्वकपको उपाधि चार पटक नै जितेको युरोपेली अर्को राष्ट्र हो इटाली । सन् १९३४, १९३८, १९८२ र पछिल्लोपटक २००६ मा इटालीले विश्वकप उपाधि जितेको थियो । त्यस्तैगरी, इटालीले सन् १९७० र १९९४ मा विश्वकपको फाइनल खेलेको छ ।

वर्तमान समयको फुटबलमा पनि बलियो रहेको इटाली विश्वकप छनोटको प्लेअफ सेमिफाइनलमा कमजोर मानिएको नर्थ मेसेडोनियासंग १–० ले स्तब्ध भएपछि कतार विश्वकपको अन्तिम चरण पुग्नबाट बन्चित रह्यो ।

पछिल्लो फिफा वरियतामा इटाली छैटौं स्थानमा रहेको छ ।

अर्जेन्टिना (२ पटक)
वर्तमान विश्व फुटबलका उत्कृष्ट खेलाडी लियोनल मेसीको देश हो अर्जेन्टिना ।

विश्व फुटबलका अर्का महान् हस्ती डिएगो म्यारोडोनाको समेत देश रहेको अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी हालसम्म दुईपटक फिफा विश्वकप उचालिसकेको छ । त्यस्तैगरी सन् १९३०, १९९० र २०१४ मा फाइनलसम्मको यात्रा तय गरेको छ ।

मेसीको कप्तानीमा रहेको अहिलेको विश्वकप खेल्ने टिम पनि एकदम बलियो र सन्तुलित रहेको छ । मेसीसंगै एन्जेल डी मारिया, लाउटारो मार्टेनिज, पाउलो डिबाला, लिसान्ड्रो माट्रिनेजजस्ता स्टार खेलाडीले भरिएको अर्जेन्टिनालाई ईए स्पोट्सले विश्वकप जित्ने प्रक्षपण गरेको छ ।

फिफा वरियतामा अर्जेन्टिना तेस्रो स्थानमा रहेको छ ।

म्यारोडोना विश्वकप ट्रफीका साथ ।

फ्रान्स (२ पटक)
साविक विजेता फ्रान्सले पनि अहिलेसम्म दुई पटक विश्वकप उपाधि जितिसकेको छ ।

सन् १९९८ मा पहिलो पटक विश्वकप जितेको फ्रान्सले पछिल्लोपटक रसियामा भएको विश्वकप जितेको थियो । जिनेदिन जिदानजस्ता फुटबल लेजेण्डको देश फ्रान्सले सन् २००६ को फाइनल पनि खेलेको थियो ।

केहि समयअघि मात्रै बेलेन डीओआर जितेका करिम बेन्जामासंगै केलियन एम्वाप्पे, राफायल भरानजस्ता चर्चित अनुहारले भरिएको फ्रान्सेली टोली निक्कै नै बलियो रहेको छ ।

यसपटक उपाधि रक्षा अभियानमा रहेको फ्रान्सेली टोली बलियो रहेको छ । पछिल्लो फिफा वरियतामा फ्रान्स चौंथौ स्थानमा रहेको छ ।

उरुग्वे (२ पटक)
पहिलो संस्करणको फिफा विश्वकपको आयोजक राष्ट्र उरुग्वेले पहिलो विश्वकप नै उचालेको थियो । त्यसपछि उरुग्वेले सन् १९५० मा दोस्रो तथा अहिलेसम्मको अन्तिम विश्वकप जितेको थियो ।

लुईस स्वारेज, इडिसन काभानी जस्ता अनुभवी खेलाडी रहेको वर्तमान विश्वकप खेल्ने टोलीमा गोडिन गोमेज, फर्नाडो टोरेसजस्ता राम्रा खेलाडीहरु रहेका छन् ।

कतार विश्वकपका लागि बलियो प्रत्यासी नरहेता पनि उरुग्वेको टिम दोस्रो चरणसम्म गुग्ने विश्वास गर्न सकिन्छ । फिफा विश्वकपमा उरुग्वे १४ औं स्थानमा रहेको छ ।

इंग्ल्याण्ड (१ पटक)
संयुक्त राज्य बेलायतको सबभन्दा ठूलो राज्य इंग्ल्याण्डले सन् १९६६ को फिफा विश्वकप जितेको थियो । त्यसयता अहिलेसम्म कुनैपनि ठूला प्रतियोगिताहरु उसले जितेको छैन ।

अहिलेको आधुनिक फुटबलमा व्यवसायिक रुपमा सवभन्दा राम्रो घरेलु लिग इंग्ल्याण्डको इंग्लिस प्रिमियर लिगलाई मानिन्छ । स्तरीय र प्रतिस्पर्धात्मक भएकै कारणले विश्व फुटबलका सबभन्दा धेरै सर्मथकहरुले यस लिगलाई पछ्याउने गर्दछन् ।

सोहि कारण होला इंग्लिस टिमलाई प्राय हरेक जसो ठूला प्रतियोगिताका लागि उपाधि दाबेदार माने गरिन्छ ।

अघिल्लो संस्करणको रसिया विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको इंग्लिस टोलीले पछिल्लो पटक आफ्नै घरेलु मैदानमा सम्पन्न युरो कपको फाइनलसम्म पुग्नुले अहिलेको इंग्लिस टिम बलियो रहेको प्रमाणित हुन्छ ।

उसो त पछिल्लो समय ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्लिस टोली खराब प्रदर्शनका कारण यूईएफए नेसन्स कपमा रेलिगेशनमा परेको थियो ।

तर पनि ह्यारी केनको कप्तानीमा रहेको कतार विश्वकप खेल्ने टोलीमा जेम्स म्याडिसन, मार्कुस रासफोर्ड, मेन्सन माउण्ट बुकायो साका, डिक्लेन राइस जस्ता युवा स्टारहरुले भरिएको टिम छ ।

जसले गर्दा यसपटकको विश्वकपको अर्को एक उपाधि दाबेदार टोली मान्न कर लाग्छ । फिफा वरियतामा इंग्ल्याण्ड पाँचौं स्थानमा रहेको छ ।

अहिलेसम्मका विश्वकप विजेता राष्ट्रहरु ।

स्पेन (१ पटक)
स्पेनले सन् २०१० मा विश्वकप उपाधि जितेको थियो । त्यसयता ठूला प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्न नसकिरहेको स्पेनिस टोलीले कतारमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ ।

गाभी, पेड्री, मोराटा, आसु फाटी, कार्भाजल लापार्टोजस्ता स्तरिय खेलाडीले भरिएको स्पेनिस टिमलाई बलियो रहेको छ । फिफा वरियतामा सातौं स्थानमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.