
भक्तपुर । दोस्रो संस्करणको आईसीसी महिला टि–२० विश्वकप आउँदो सनिवारदेखि मलेसियामा सुरु हुँदैछ ।
१६ टोलीको सहभागिता हुने १९ वर्षमुनीको महिला प्रतियोगितामा नेपाली युवा महिला टोलीले पनि खेल्दैछ ।
१० टेस्ट टोली र ६ एसोसियट टोलीको सहभागिता रहने प्रतियोगिता समूह चरण, सुपर सिक्स र नकआउट प्रणालीमा सञ्चालन हुनेछ ।
भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अष्ट्रेलिया, न्युजिल्याण्ड, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र आयरल्याण्ड टेस्ट टोली हुन् ।
त्यस्तै, नेपालसहित मलेसिया, संयुक्त राज्य अमेरिका, स्कटल्याण्ड, नाइजेरिया र सामोआ भने एसोसियट टोली हुन् ।
समूह चरणमा १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा साविक विजेता भारतसंगै आयोजक राष्ट्र मलेसिया, श्रीलंका र वेस्ट इन्डिज रहेको छ ।
त्यस्तै, समूह ‘बी’ मा साविक उपविजेता इंग्ल्याण्ड, पाकिस्तान, आयरल्याण्ड र संयुक्त राज्य अमेरिका रहेको छ ।
समूह ‘सी’ मा भने न्युजिल्याण्ड, दक्षिण अफ्रिका, नाइजेरिया र सामोआ रहँदा समूह ‘डी’ मा नेपालसहित अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेको छ ।
समूह चरणमा प्रत्येक समूहबाट शीर्ष ३ मा रहने टोलीहरु सुपर सिक्सको लागि छनोट हुँदा समूह तालिकाको अन्तिम स्थानमा रहने टोली समूह चरणबाट बाहिरिने नियम रहेको छ ।
सुपर सिक्स पनि ६–६ टोलीको दुई समूहमा खेलाइनेछ ।
जसमा प्रत्येक समूहको शीर्ष दुईमा रहने टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछ ।
प्रतियोगितामा नेपालले बंगलादेशसंग माग ५ गते सनिवार, ७ गते सोमवार र अष्ट्रेलियासंग ९ गते बुधवार खेल्ने तालिका रहेको छ ।
नेपाली टोली
पुजा महतो (कप्तान), सोनी पाख्रिन (उप–कप्तान), साना प्रविन, जोट्स्निका मरासिनी, कुसुम गोदार, अलिशा यादव, साबित्री धामी, त्रिसना बिक, किरण कुनुवार, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा, अनु कडायत र कृष्मा गुरुङ ।