KKR are crowned champions during the final of the Indian Premier League season 17 (IPL 2024) between Kolkata Knight Riders and Sunrisers Hyderabad held at the MA Chidambaram Stadium, Chennai on the 26th May 2024. Photo by Ron Gaunt / Sportzpics for IPL

एजेन्सी । भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधि कोलकता नाइट राइडर्सले जितेको छ ।

आईतवार राति भएको फाइनल खेलमा सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित हासिल गर्दै कोलकता नाइट राइडर्सले आईपिएलको उपाधि जितेको हो ।

यो कोलकताको तेस्रो आईपिएल उपाधि हो । त्यसअघि सन् २०१२ र २०१४ मा आईपिएल जितेको थियो ।

चेन्नेईस्थित एम. ए. चिदमबरम रंगशालामा भएको फाइनल खेलमा ११४ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोलकताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

कोलकताको जितमा भेनकतेश ऐयरले २६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा ओपनर ब्याट्सम्यान तथा विकेटकिपर रहमानुल्लाह गुरबाजले ३२ बल खेल्नेक्रममा ५ चौका र २ छक्का प्रहार गर्दै ३९ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, अर्का ओपनर सुनिल नारिने ६ रनमा पेविलियन फर्किदा कप्तान श्रेयस ऐयर ६ रनमा अविजित रहे ।

कोलकताले अतिरिक्त रुपमा ११ रन जोड्यो ।

हैदराबादका लागि कप्तान प्याट कमिन्स र शाहबाज अहमेदले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको सन् २०१६ को विजेता सनराइजर्स हैदराबादले १८.३ ओभरमा अलआउट हुँदै मात्र ११३ रन जोड्यो ।

हैदराबादका लागि प्याट कमिन्सले १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोडेर आउट हुँदा अ‍ैदिन मार्करामले २३ बलमा ३ चौका प्रहार गर्दै २० रन जोड्दा पेविलियन फर्किए ।

त्यस्तै, विकेटकिपर हेनरिक क्लासेनले १७ बल खेल्दै १ चौका प्रहार गरेर १६ रन जोडेर आउट हुँदा नितिश कुमार रेड्डीले १० बलमा १ चौका र १ छक्का प्रहार गर्दै १३ रन जोडेर पेविलियन फर्किए ।

यता, राहुल त्रिपाठी ९, शाहबाज अहमेद ८, अब्दुल सामद र जयदेव उदाकत समान ४–४, अभिषेक शर्मा २ र ट्राभिस हेड शुन्य रनमा पेविलियन फर्किए ।

भुवनेश्वर कुमार शुन्य रनमा अविजित रहे ।

हैदराबादले अतिरिक्त रुपमा १३ रन जोड्यो ।

हैदराबादलाई सस्तैमा अलआउट गर्न कोलकताका लागि एन्ड्रे रस्सेलले ३ विकेट लिँदा मिट्चेल स्टार्क र हर्षित राणाले समान २–२ विकेट लिए ।

त्यस्तै, बैभव अरोरा, सुनिल नारिने र वरुण चक्रवतीले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.