Abhishek Sharma of Sunrisers Hyderabad celebrating the wicket of Shimron Hetmyer of Rajasthan Royals during the qualifier 2 match of the Indian Premier League season 17 (IPL 2024) between Sunrisers Hyderabad and Rajasthan Royals held at the MA Chidambaram Stadium, Chennai on the 24th May 2024. Photo by Saikat Das / Sportzpics for IPL

एजेन्सी । सनराइजर्स हैदराबाद भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) को फाइनलमा प्रवेश गरेको छ ।

शुक्रवार राति भएको क्वालिफायर २ अन्तर्गत खेलमा राजस्थान रोयल्समाथि ३६ रनको जित हासिल गर्दै सनराइजर्स हैदराबाद आईपिएलको फाइनलमा प्रवेश गरेको हो ।

योसंगै आईपिएलको उपाधिका लागि हैदराबादले कोलकता नाइट राइडर्ससंग खेल्ने पक्का भएको छ ।

कोलकताले यसअघि नै क्वालिफायर १ खेलमा हैदराबादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

चेन्नेईस्थित एम. ए. चिदमबरम रंगशालामा भएको खेलमा १७६ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको राजस्थान रोयल्स निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै मात्र १३९ रनमा समेतियो ।

राजस्थानका लागि ध्रव जुरेलले ३५ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ५६ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले २१ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, कप्तान तथा विकेटकिपर सन्जु सामसनले ११ बलमा १ चौका प्रहार गर्दै १० रन जोडेर आउट हुँदा अर्का ओपनर टम कोहलेर काडमोरले १६ बल खेल्दै १ चौका मद्दतमा १० रन जोडेर पेविलियन फर्किए ।

राजस्थानका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेन ।

रियान पराग र रोभमान पोवेल समान ६–६, शिमरन हेटमायर ४ र रविचन्द्रन आश्विन शुन्य रनमा पेविलियन फर्किए ।

ट्रेन्ट बोल्ड शुन्य रनमा अविजित रहे ।

राजस्थानले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

राजस्थानलाई सस्तैमा समेत्दै महत्वपूर्ण जित निकाल्न हैदराबादका लागि शाहबाज अहमेदले ४ ओभर बलिङ गर्दै २३ रन दिएर ३ विकेट लिँदा अभिषेक शर्माले ४ ओभरमा २४ रन दिएर २ विकेट लिए ।

त्यस्तै, कप्तान प्याट कमिन्सले ४ ओभर बलिङ गर्नेक्रममा ३० रन खर्चिएर १ विकेट लिँदा थङ्गरसु नतराजनले ३ ओभर बलिङ गर्दै १३ रन दिएर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १७५ रन जोड्यो ।

हैदराबादका लागि विकेटकिपर हेनरिक क्लासेनले ३४ बलमा ४ छक्का प्रहार गर्दै ५० रनको अर्धशतकिय पारी खेल्दा राहुल त्रिपाठीले १५ बल खेल्नेक्रममा ५ चौका र २ छक्का प्रहार गर्दै ३७ रन जोडेर पेविलियन फर्किए ।

यता, ओपनर ब्याट्सम्यान ट्राभिस हेडले २८ बल खेल्नेक्रममा ३ चौका र १ छक्का प्रहार गर्दै ३४ रन जोडेर आउट हुँदा इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका शाहबाज अहमेदले १८ बल खेलदै १ छक्का प्रहार गरेर १८ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, अर्का ओपनर अभिषेक शर्माले ५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा कप्तान प्याट कमिन्स, जयदेव उनादकात र नितिश कुमार रेड्डी समान ५–५ र अदैन मार्कराम १ रनमा पेविलियन फर्किए ।

अब्दुल सामद भने शुन्य रनमा पेविलियन फर्किए ।

हैदराबादले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

राजस्थानका लागि ट्रेन्ट बोल्डले ४ ओभर बलिङ गर्नेक्रममा ४५ रन खर्चिएर ३ विकेट लिँदा आभेश खानले ४ ओभर बलिङ गर्दै २७ रन दिएर ३ विकेट लिए ।

त्यस्तै, सन्दिप शर्माले ४ ओभर बलिङ गर्दै २५ रन दिएर २ विकेट लिए ।

अब आईपिएलअन्तर्गत फाइनल खेल आईतवार राति हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.