Sunil Narine of Kolkata Knight Riders plays a shot during the qualifier one match of the Indian Premier League season 17 (IPL 2024) between Kolkata Knight Riders and Sunrisers Hyderabad held at the Narendra Modi Stadium, Ahmedabad on the 21st May 2024. Photo by Vipin Pawar / Sportzpics for IPL

एजेन्सी । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत पहिलो क्वालिफायर खेलमा जित निकाल्दै कोलकता नाइट राइडर्स फाइनलमा प्रवेश गरेको छ ।

मंगलवार राति भएको पहिलो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादमाथि ८ विकेटको जित निकाल्दै कोलकता नाइट राइडर्स फाइनलमा प्रवेश गरेको हो ।

पराजित हैदराबादले भने अब इलिमिनेटर खेलको विजेतासंग क्वालिफायर २ खेल्न पर्ने भएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा १६० रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको कोलकताले १३.४ ओभरमा २ विकेट गुमाउँदै १६४ रन जोड्यो ।

कोलकताको जितमा कप्तान श्रेयस ऐयरले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५८ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा भेनकटेश ऐयरले २८ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहे ।

त्यस्तै, ओपनर ब्याट्सम्यान तथा विकेटकिपर रहमानुल्लाह गुरबाजले १४ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २३ रन जोडेर आउट हुँदा अर्का ओपनर सुनिल नारिनेले १६ बल खेल्नेक्रममा ४ चौका प्रहार गरेर २१ रन जोड्दै पेविलियन फर्किए ।

कोलकताले अतिरिक्त रुपमा ११ रन जोड्यो ।

हैदराबादका लागि कप्तान प्याट कमिन्सले ३ ओभर बलिङ गर्दै ३८ रन खर्चिएर १ विकेट लिँदा थङरसु नतराजनले पनि ३ ओभर बलिङ गर्दै २२ रन दिएर १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको हैदराबादले १९.३ ओभरमा अलआउट हुँदै १५९ रन जोड्यो ।

हैदराबादका लागि राुहल त्रिपाठीले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकिय पारी खेल्दै रनआउट हुँदा विकेटकिपर हेनरिक क्लासेनले २१ बल खेल्दै ३ चौका १ छक्का प्रहार गर्दै ३२ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, प्याट कमिन्सले २४ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३० रन जोडेर आउट हुँदा अब्दुल सामदले १२ बललमा २ छक्का प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किए ।

यता, विजयाकन्थ विजयाकन्थ ७ रनमा अविजित रहँदा नितेश कुमार रेड्डी ९ र अभिषेक शर्मा ३ रनमा आउट भए ।

हैदराबादका अन्य ४ खेलाडीले अंकको खाता नै खोल्न सकेनन् ।

हैदराबादले अतिरिक्त रुपमा ७ रन जोड्यो ।

हैदराबादलाई सस्तैमा अलआउट गर्न कोलकताका लागि मिट्चेल मार्सले ४ ओभर बलिङ गर्दै ३४ रन दिएर ३ विकेट लिँदा वरुण चक्रवतीले ४ ओभरमा २६ रन दिएर २ विकेट लिए ।

त्यस्तै, वैभव अरोरा, हर्षित राणा, सुनिल नारिने र आन्द्रे रस्सेलले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.