एजेन्सी । इर्लिङ हालान्ड चम्कँदा म्यानचेस्टर सिटीले प्रिमियर लिगमा ब्रेन्टफोर्डमाथि पुनरागमन जित रच्यो ।
सनिवार राति भएको खेलमा हालान्ड प्रेरित खेलमा साविक विजेता म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि २–१ को पुनरागमन जित रच्यो ।
सिटीको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सबै गोल पहिलो हाफमा सम्भव बन्यो ।
खेल सुरु भएको पहिलो मिनेटमै योयाने विस्साको गोलमार्फत् ब्रेन्टफोर्डले १–० को अग्रता लियो ।
तर, १९ औं मिनेटमा हालान्डले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।
त्यसपछि ३२ औं मिनेटमा गोलकिपर एडरसनको लामो दुरीको बललाई नियन्त्रण गर्दै हालान्डले गोल थप्दा सिटी २–१ को जित पक्का गरायो ।
जारी लिगको हरेक खेलमा निरन्तर गोल गरिरहेको हालान्डले हालसम्म चार खेलमा दुई ह्याट्रिकसहित ९ गोल गरिसकेका छन् ।
पुनरागमन जितसंगै सिटीले चार खेलमा शतप्रतिशत जितसहित १२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
पराजित भ्रमणकारी टोलीको भने समान चार खेलबाट ६ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ ।