
एजेन्सी । इर्लिङ हालान्ड प्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा उल्भ्समाथि फराकिलो जित हासिल गरेको छ ।
सनिवार राति भएको खेलमा हालान्ड प्रेरित साविक विजेता म्यानचेस्टर सिटीले उल्भ्समाथि ५–१ को फराकिलो जित हासिल गरेको हो ।
सिटीको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा हालान्डले ह्याट्रिकसहित चार गोल गर्दा अर्को एक गोल जुलियान अल्भारेजले गरे ।
पराजित टोलीका लागि ह्वाङ हि चानले सान्तोना गोल फर्काए ।
खेल सुरु भएको १२ औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीालई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ३५औं मिनेटमा रोड्रीको पासमा हालाल्डले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा सिटी २–० ले अघि बढ्यो ।
यता, पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा साविक विजेता टोली ३–० ले अघि बढ्यो ।
तर, दोस्रो हाफको ५३ औं मिनेटमा मारिओ लेमिनाको पासमा ह्वाङले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल ३–१ को अवस्थामा आयो ।
त्यसको एक मिनेटपछि नै फिल फोडेनको पासमा हालान्डले व्यक्तिगत रुपमा चौथौं गोल गर्दा सिटी ४–१ ले अघि बढ्यो ।
त्यस्तै, ८५ औं मिनेटमा रोड्रीको पासमा अल्भारेजले गोल थप्दा सिटी ५–१ ले बिजयी भयो ।
फराकिलो जितसंगै ३५ खेल खेलिसकेको सिटीले ८२ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा रहेको छ ।
३६ खेल खेलिसकेको उल्भ्सको भने ४६ अंकसहित तालिकाको ११ औं स्थानमा रहेको छ ।