एजेन्सी । लाजियोसंग हारका बाबजुद युभेन्टस इटालियन घरेलु फुटबलको लोकप्रिय प्रतियोगिता कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।

मंगलवार राति भएको सेमिफाइनलअन्तर्गत दोस्रो लेग खेलमा लाजियोसंग २–१ को हारका बाबजुद समग्रमा ३–२ को जितका साथ युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि सेमिफाइनलअन्तर्गत पहिलो लेग खेलमा युभेन्टस २–० ले विजयी भएको थियो ।

लाजियोको घरेलु मैदान ओलम्पिको रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि भालेन्टिन कास्टेल्लानोसले दुई गोल गर्दा भ्रमणकारी टोलीका लागि एरिक मिलिकले एक गोल गरे ।

खेल सुरु भएको १२ औं मिनेटमा लुइस अबर्टोको पासमा कास्टेल्लानोसले गोल गर्दा लाजियो १–० ले अघि बढ्दा समग्रमा २–१ को अवस्थामा आयो ।

त्यसपछि दोस्रो हाफको ४८ औं मिनेटमा अबर्टोकै पासमा कास्टेल्लानोसले गोल थप्दा लाजियो २–० समग्रमा २–२ को बराबरीमा आयो ।

तर, ८३ औं मिनेटमा एरिकले गोल फर्काउँदा खेल २–१ को अवस्थामा आउँदा समग्रमा युभेन्टस ३–२ ले अघि बढ्यो ।

त्यसपछि खेलमा थप गोल ननिस्केपछि खेल २–१ ले युभेन्टसले हारेतापनि समग्रमा ३–२ को जित निकाल्दै फाइनल स्थान सुरक्षित गर्न सफल भयो ।

योसंगै युभेन्टसले उपाधिका लागि एट्लान्टाफियोरेन्टिनाबीचको विजेतासंग फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.