एजेन्सी । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको सेमिफाइन प्रवेश गरेको छ ।

मंगलवार राति भएको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेग खेलमा इंग्लिस क्लब एस्टन भिल्लासंग ३–२ गोल अन्तरले पराजित भएपनि समग्रमा ५–४ को जितका साथ पिएसजी सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि पिएसजीले क्वाटरफाइनलअन्तर्गत पहिलो लेग खेलमा ३–१ को जित निकालेको थियो ।

इंग्लिस क्लबको घरेलु मैदान भिल्ला पार्क रंगशालामा भएको खेलमा बलियो पिएसजीमाथि जित निकाले तापनि घरेलु टोली अन्तिम चारमा भने प्रवेश गर्न असफल रह्यो ।

खेल सुरु भएको ११ औं मिनेटमा आर्चफ हाकिमीले गोल गर्दै भ्रमणकारी टोलीलाई १–० समग्रमा ४–१ ले अघि बढाए ।

त्यस्तै, २७ औं मिनेटमा ओसमाने डेम्बेलेको पासमा नुनो मेन्डिसले गोल गर्दा पिएसजी २–० समग्रमा ५–१ ले अघि बढ्यो ।

तर, ३४ औं मिनेटमा जोन म्याकगिनको पासमा यौरी टेलिस्म्यानले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल २–१ समग्रमा ५–२ को अवस्थामा आयो ।

त्यस्तैगरी, दोस्रो हाफको ५५ औं मिनेटमा पाउ टोरेसको पासमा जोन म्याकगिनले गोल गर्दा एस्टन भिल्ला २–२ समग्रमा ५–३ को अवस्थामा आयो ।

यता, ५७ औं मिनेटमा मार्कुस रासफोर्डको पासमा एज्री कोन्साले गोल गर्दा भिल्ला ३–२ समग्रमा ४–५ को अवस्थामा आयो ।

त्यसपछि खेलमा थप गोल भएन र हारका बाबजुद पनि पिएसजी समग्रमा जित रच्न सफल भयो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.