भक्तपुर । नेपालले हङकङ सिक्सेसमा इंग्ल्याण्डमाथि सनसनी जित रचेको छ ।

शुक्रवार विहान भएको खेलमा नेपालले बलियो इंग्ल्याण्डमाथि ६ विकेटको सनसनी जित रहेको हो ।

योसंगै समूह ‘बी’ मा रहेको नेपालले समूह तालिकामा महत्वपूर्ण २ अंक जोडेको छ ।

हङकङको मङकङस्थित मिसन रोड ग्राउण्डमा भएको खेलमा ९८ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४.२ ओभरमा विना विकेट क्षति ९९ रन जोड्यो ।

नेपाललाई जिताउन कप्तान सुन्दिप जोराले १२ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ५० रनको अर्धशतकिय पारी खेल्दा राशिद खानले ५ बल खेल्नेक्रममा २ चौका र २ छक्का प्रहार गर्दै २१ रन जोडेर अविजित रहे ।

त्यस्तै, लोकेश बमले ११ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २० रन जोडेर अविजित रहे ।

नेपालले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

इंग्ल्याण्डले नेपालको कुनैपनि विकेट लिन सकेन ।

त्यसअघि टस जितेको नेपालले इंग्ल्याण्डलाई पहिला ब्याटिङमा निम्त्यायो ।

पुर्व विजेता समेत रहेको इंग्ल्याण्डले ५.५ ओभरमा अलआउट हुँदै ९७ रन जोड्यो ।

थ्री लायन्सका रुपमा समेत चिनिने इंग्ल्याण्डका लागि कप्तान रबि बोपाराले १२ बलमा १ चौका र ७ छक्का प्रहार गर्दै ४९ रन जोडेर आउट हुँदा समित पटेलले १७ बल खेल्नेक्रममा ३ चौका र ३ छक्का प्रहार गर्दै ३९ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, इड बर्नार्डले ५ तथा जेम्स कोल्सले १ रन जोडेर आउट हुँदा एलेक्स डाभिस र जोर्डन थोम्पसन शुन्य रनमा पेविलियन फर्किए ।

इंग्ल्याण्डले अतिरिक्त रुपमा ३ रन जोड्यो ।

बलियो इंग्ल्याण्डलाई अलआउट गर्न नेपालका लागि प्रतिश जिसीले २ ओभर बलिङ गर्नेक्रममा १८ रन दिएर ३ विकेट लिँदा नारायण जोशी, लोकेश बम र विवेक यादवले समान १–१ विकेट लिए ।

अब नेपालले प्रतियोगिताअन्तर्गत दोस्रो खेल सनिवार अष्ट्रेलियासंग खेल्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.