एजेन्सी । घरेलु टोली हङकङलाई पराजित गर्दै पपुवा न्युगिनी (पिएनजी) हङकङ टि–२० आई सिरिज फ्रेन्डसिप कपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलवार भएको दोस्रो खेलमा पपुवा न्युगिनीले हङकङलाई १० विकेटले पराजित गर्दै त्रिदेशिय सिरिजको फाइनलमा स्थान बनाएको हो ।

योसंगै फाइनलमा उपाधिका लागि नेपाल र पिएनजी प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

त्यसअघि मंगलवार नै भएको पहिलो खेलमा नेपालले पिएनजीमाथि ८५ रनको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

हङकङको टिन कोङ रोड रिक्रिएसन ग्राउन्डमा भएको दोस्रो खेलमा १२२ रनको समान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पिएनजीले १२.४ ओभरमा विना विकेट क्षति १२४ रन जोड्दै सहज जित निकाल्यो ।

पिएनजीको जितमा सेसे बाउले ४३ बल खेल्नेक्रममा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ६१ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा टोनी उराले ३३ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहे ।

पिएनजीले अतिरिक्त रुपमा १२ रन जोड्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको घरेलु टोलीले १८.३ ओभरमा अलआउट हुँदै १२१ रन जोड्यो ।

हङकङका लागि विकेटकिपर जिशान अलीले २९ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकिय पारी खेल्दा नस्रुल्ला राणाले १६ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, इशान खानले १६ बलमा १ छक्का प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किदा बाबर हायाटले १५ बल खेल्नेक्रममा १ छक्का प्रहार गर्दै १२ रन जोडेर रनआउट भए ।

यता, यासिम मुर्टाजा ८, मार्टिन कोएट्जी ३, कप्तान निजाकत खान २ र अन्शुमन रथ १ रनमा पेविलियन फर्किदा हङकङका अन्य ३ खेलाडी शुन्य रनमा पेविलियन फर्किए ।

हङकङले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

घरेलु टोलीलाई सस्तैमा अलआउट गर्न पिएनजीका लागि कप्तान अस्सद भाला, काबुआ मारेया, अलेइ नाओ र सेसे बाउले समान २–२ विकेट लिए ।

सिरिजअन्तर्गत फाइनल खेल बुधवार हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.