भक्तपुर । युएईमा जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गतको तेस्रो खेलमा नेपालले हङकङमाथि सहज जित हात पारेको छ ।

सोमवार भएको खेलमा हङकङ नेपालसंग ९ विकेटले पराजित हुँदा नेपालले सहज जित हात पारेको हो ।

यूएईस्थिति मलेका क्रिकेट मैदानमा भएको खेलमा हङकङले दिएको १ सय २१ रनको सामान्य विजयी लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो ।

नेपालको जीतमा आकाश त्रिपाठीले ७२ बलमा अविजित ६४ रन बनाए । त्यस्तै, उत्तम थापामगरले ५० बलमा अविजित रहँदै ३९ रन जोडे । अर्जुन कुमाल भने १६ रनमा आउट भएका थिए ।

हङकङका लागि द्यानियल म्यापले १ विकृट लिए ।

त्यसअघि पहिला ब्याटिङमा उत्रिएको हङकङले ४६.३ ओभरमा अलआउट हुदै १२० रन बनाएको थियो ।

हङकङका लागि पर्थ भागवातदे ३६, मोहम्मद जाहिरले २९, अहान त्रिवेदीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि हेमन्त धामीले ३ विकेट लिए । त्यस्तै, आकाश चन्द र सुवास भण्डारीले समान २–२ विकेट हात पार्दा दीपेश कंडेलले पनि १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.