एजेन्सी । भारतमा जारी १५ औं संस्करणको एफआईएच हक्की विश्वकपअन्तर्गत स्पेनले मलेसियामाथि पेनाल्टी सुटआउटमा जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित र अतिरिक्त समय २–२ गोलको बराबरीमा खेल सकिएसंगै खेलको निर्णय सुटआउटमार्फत भएको थियो । जसमा स्पेन ४–३ ले विजयी हुँदै हक्की विश्वकपको क्पाटरफाइनल प्रवेश गरेको हो ।

सुटआउटमा स्पेनका लागि मिरालेस मार्क, जसप्रित जाभियर, बोनास्ट्रे जोर्डी र मिरालेस मार्सले गोल गरे । यता, पराजित टोलीका लागि शाह्मे इरफान सुहाइमी, सारी फैजल र आसरी फिर्हानले गोल गरे ।

त्यसअघि कालिङ्गा रंगशाला भुवनेश्वरमा भएको खेलमा दोस्रो क्वाटरसम्मको खेल गोलरहित बराबरीमा सकिएको थियो । तेस्रो क्वाटर ३ गोल हुँदा चौथौं क्वाटरमा एक गोल भयो ।

खेलको ३४ औं मिनेटमा सारी फैजलको गोलमार्फत मलेसियाले १–० को अग्रता लियो । तर, ४० औं मिनेटमा मिरालेस मार्कले गोल गर्दै स्पेनलाई १–१ को बराबरीमा ल्याएको थियो ।

लगत्तै ४१ औं मिनेटमा जसप्रित जाभियरले गोल गर्दा स्पेन खेलमा २–१ ले अगाडी बढेको थियो ।

यता, ४८ औं मिनेटमा मलेसिया खेलमा फर्कियो । सिल्भरियोस शिल्लोले गोल गर्दा खेल २–२ को बराबरीमा सकियो ।

एसियाली राष्ट्र मलेसियालाई पराजित गरेको युरोपेली राष्ट्र स्पेनले अब क्वाटरफाइनलमा हक्कीको विश्व नम्बर १ अस्ट्रेलियासंग प्रतिस्पर्धा गर्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.