एजेन्सी । भारतमा जारी १५ औं संस्करणको एफआईएच हक्की विश्वकप २०२३ को उपाधि जर्मनीले उचालेको छ ।

आइतवार राति भएको उपाधि भिडन्तमा साविक विजेता बेल्जियमलाई सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो ।

योसंगै जर्मनीले तेस्रो पटक हक्की विश्वकप जितेको छ । यसअघि सन् २००६ र २०१० मा जर्मनीले हक्की विश्वकपको उपाधि जितेको थियो ।

भुवनेश्वरस्थित बिर्सा मुन्द अन्तराष्ट्रिय हक्की रंगशालामा भएको फाइनल खेलको निर्धारित समय ३–३ को बराबरी भएपछि खेलको निर्णय सुटआउटमार्फत भएको थियो । जँहा जर्मनी ५–४ ले विजयी रह्यो ।

जर्मनीका लागि प्रिन्ज थिनेसले र विलियन निकलासले २–२ तथा मुलर हान्नेसले १–१ गोल गरे । ग्रामबुस्च म्याट्स र मिट्काउ मार्कोको प्रहार खेर गयो ।

यता, बेल्जियमका लागि भान अबुइल फ्लोरेन्टले दुई गोल गर्दा किना एन्टोइन, कोसयन्स ताङ्गाइले गोल गर्दा वेग्नेज भिक्टर, दि स्लोभेर अर्थुर र भान अबुइल फ्लोरेन्टको एक प्रहार चुक्न पुग्यो ।

त्यसअघि निर्धारित समयको खेलमा ९ औं मिनेटमा फ्लोरेन्टको गोलमार्फत बेल्जियमले सुरुवाती अग्रता लिएको थियो ।

लगत्तै १० औं मिनेटमा कोसयन्स ताङ्गाइले गोल थप्दा बेल्जियम २–० ले अघि बढेको थियो ।

पहिलो क्वाटर २–० ले अघि रहेको साविक विजेता बेल्जियमले दोस्रो क्वाटरमा १ गोल बेहोर्यो । जर्मनीका विलियन निकलासले खेलको २८ औं मिनेटमा गोल गर्दा जर्मनी खेलमा फर्कने संकेट गर्यो ।

तेस्रो क्वाटरमा जर्मनीका पइलेट गोन्जालोले गोल गर्दै खेल रोमाञ्चक रुपमा २–२ को बराबरीमा आयो ।

त्यसपछि चौथौं तथा अन्तिम क्वाटरको ४७ औं मिनेटमा ग्रामबुस्च म्याट्सले गोल गर्दै जर्मनीलाई खेलमा ३–२ ले अगाडी लग्यो ।

खेल सकिन २ मिनेट अगाडी बेल्जियमले गोल गर्दै खेल बराबरी गर्यो । बेल्जियमका लागि बुन टमले खेलको ५८ औं मिनेटमा गोल गर्दै खेललाई निर्धारित समयमा ३–३ को बराबरीमा ल्याएका थिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.