
भक्तपुर । भारतमा जारी १५ औं संस्करणको एफआइएच ओडिसा हक्की पुरुष विश्वकप २०२३ अन्तर्गत जर्मनी र बेल्जियमले बराबरी खेलेको छ ।
मंगलवार भएको खेलमा जर्मनीले साविक विजेतासमेत रहेको बेल्जियम २–२ गोलको बराबरीमा रोकिएको हो ।
जर्मनीका लागि विलियन निकलास र ग्रामबुस्चले गोल गर्दा बेल्जियमका लागि चालिइअर सेड्रिक र वेगनाज भिक्टरले गोल गरे ।
यसअघि आजै भएको पहिलो खेलमा दक्षिण कोरियाले जापानमाथि २–१ को जित निकालेको छ ।
भारतको भुवनेश्वरमा भइरहेको हक्की विश्वकपमा अर्जेन्टिना, अस्ट्रेलिया, बेल्जियम, चिल्ली, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, जापान, दक्षिण कोरिया, मलेसिया, नेडरल्याण्ड्स, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, स्पेन, वेल्स र आयोजक भारत गरी १६ राष्ट्रको सहभागिता रहेको छ ।