एजेन्सी । भारतमा जारी १५ औं संस्करणको एफआईएच हक्की विश्वकपअन्तर्गत नेडरल्याण्ड्सले चिल्लीमाथि गोलको बर्षा गरेको छ ।
विहिवार भएको खेलमा युरोपेली राष्ट्र नेडरल्याण्ड्सले दक्षिण अमेरिकी राष्ट्र चिल्लीमाथि १४–० को फराकिलो जित हात पारेको हो ।
कालिङ्गा रंगशाला भुवनेश्वरमा भएको खेलमा पहिलो क्वाटरमा १, दोस्रो क्वाटरमा ४, तेस्रो क्वाटरमा ६ र चौथौं तथा अन्तिम क्वाटरमा ३ गोल गरेको थियो ।
डच टोलीका लागि जोनसन जिप र विङ्कम्यान थिअरीले ह्याट्रिक हाने । जोनसन जिपले ४ तथा विङ्कम्यान थिअरीले ३ गोल गरे ।
त्यस्तै, विजेन केइअनले २ गोल गर्दा डी भिल्डेर डेर्क, भान डाम थिज, पिटर टेरेन्स, ब्लोक जस्टेन र बेन्स टिउनले १–१ गोल गरे ।
जितसंगै डच टोलीले ३ खेलमा ३ नै जित हात पार्दै ९ अंक जोडेको छ । नेडरल्याण्ड्स पोल सीको शीर्ष स्थानमा छ । यता चिल्लीले लगातार तेस्रो हार बेहोर्दा तालिकाको पुछारमा छ ।
यसअघि आजै सम्पन्न पहिलो खेलमा मलेसियाले न्युजिल्याण्डमाथि ३–२ को जित हात पार्यो । मलेसियाका लागि सारी फैजलले २ गोल गर्दा रहिम रजाइले १ गोल गरे ।
यता, पराजित टोलीका लागि फिलिप्स हेडेन र लाने सामले गोल गरे । मलेसिया ३ खेलमा २ जित र १ हार बेहोर्दै पोल सीको तालिकामा ६ अंकका साथ दोस्रो स्थानमा रहँदा न्युजिल्याण्ड ३ खेलमा ३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रह्यो ।