भक्तपुर । स्पेनले राष्ट्रिय टोलीका मूख्य प्रशिक्षक लुइस एनरिकलाई पदबाट बर्खास्त गरेको छ ।

कतारमा जारी विश्वकपको अन्तिम १६ मा तुलनात्मक रुपमा कमजोर राष्ट्र मोरक्कोसंग पेनाल्टी सुटआउटमा पराजित भएसंगै स्पेन प्रतियोगिताबाट बाहिरिएको थियो ।

स्पेनिस फुटबल संघले बिहिवार एक विज्ञप्ती जारी गर्दै एनरिकलाई बर्खास्त गरेको कुरा सार्वजनिक गरेको हो ।

‘लुइस एनरिक र उनको प्रशिक्षण टिमलाई हामी धन्यवाद भन्न चाहन्छौं ।’ स्पेनिस फटबल संघद्वारा जारी बिज्ञप्तीमा भनिएको छ , ‘अब नयाँ परियोजना सुरु हुनेछ ।’

सन् २०१८ देखि स्पेनिस राष्ट्रिय फुटबल टोलीको नेतृत्व गरिरहेका ५२ वर्षिय एनरिकले २०२० को यूईएफए युरोकपमा स्पेनलाई सेमिफाइनलसम्मको यात्रा तय गराएका थिए ।

त्यस्तै, सन् २०२०÷२१ को यूईएफए नेसन्स लिगमा फाइनलसम्मको यात्रा तय गरेको थियो ।

उनको प्रशिक्षणमा स्पेनले ४७ खेल खेल्दा २६ मा जित, १४ खेलमा बराबरी र ७ खेलमा पराजय बेहोरेको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.