एजेन्सी । स्पेनिस महारथीद्वय रियल मड्रिड र बार्सिलोनाले सुपरकोपा दि इस्पानाको उपाधिका लागि खेल्ने भएको छ ।

साउदी अरबियामा जारी प्रतियोगिताको सेमिफाइनल खेलहरुमा रियल मड्रिडले माल्लोर्का र बार्सिलोनाले एट्लेटिक क्लबलाई पन्छाउँदै ४० औं संस्करणको उपाधिका लागि खेल्ने पक्का गरेको हो ।

बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा क्याटलान क्लब बार्सिलोनाले एट्लेटिक क्लबलाई २–० ले हराउँदै फाइनल यात्रा सुनिश्चित गर्यो ।

यता, विहिवार राति भएको दोस्रो सेमिफाइनल खेलमा स्पेनिस राजधानी रियल मड्रिडले माल्लोर्कालाई ३–० ले पराजित गर्दै चिररिचित प्रतिद्वन्दीसंगको उपाधि भेट पक्का गर्यो ।

रियल मड्रिडले हालसम्म १३ सुपरकोपाको उपाधि जित्न सफल हुँदा बार्सिलोनाले भने १४ सुपरकोपाको उपाधि जितिसकेको छ ।

एल क्लासिको फाइनल भिडन्त साउदी अरबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रंगशालामा आईतवार राति हुने तालिका रहेको छ ।

स्पेन बाहिर हुने नकआउट प्रतियोगितामा स्पेनिस शीर्ष घरेलु लिग ला लिगाको विजेता र उपविजेता तथा प्रतिष्ठित कोपा डेल रेको विजेता र उपविजेता टोली गरी कुल चार टोलीको सहभागिता हुने गर्दछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.