
एजेन्सी । स्पेनिस राष्ट्रिय फुटबल टिमका कप्तान सर्जिओ बुस्केट्सले राष्ट्रिय टोलीबाट सन्यास लिएका छन् ।
३४ वर्षीय बुस्केट्सको कप्तानीमा कतार विश्वकपका स्पेनले खेलेको थियो ।
जसमा स्पेन प्रि–क्वाटरफाइनलसम्म पुगेको थियो । अन्तिम १६ मा पेनाल्टी सुटआउटमा मोरक्कोसँग स्पेन पराजित भएको थियो।
प्रतियोगितामा कोस्टारिकामाथि ७–० को फराकिलो जितसहित स्पेनले शानदार सुरुवात गरेको थियो ।
बुस्केट्सले स्पेनको जर्सीबाट १४३ खेल खेल्नेक्रममा २ गोल गरेका छन् । उनी स्पेनको २०१० को विश्वकप विजेता टोलीका महत्वपुर्ण सदस्य पनि हुन्।
बुस्केट्स स्पेनिस क्लब बार्सिलोनाका कप्तान समेत हुन् ।