एजेन्सी । स्पेनले १७ औं संस्करणको युईएफए युरोपियन फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

आईतवार राति भएको फाइनल खेलमा इंग्ल्याण्डमाथि २–१ को जित निकाल्दै स्पेनले युरो कपको उपाधि जितेको हो ।

स्पेनले योसंगै चारपल्ट युरोको उपाधि जित्न सफल भयो ।

यसअघि सन् १९६४, २००८ र २०१२ मा स्पेनले उपाधि उचालेको थियो ।

इंग्ल्याण्ड भने योपल्ट पनि अभागी सावित भयो ।

यसअघि गएको संस्करण पनि इंगल्याण्ड उपविजेतामै सिमित भएको थियो ।

जर्मनीको बर्लिनस्थित ओलम्पियास्टाडिअन रंगशालामा भएको रोमाञ्चक खेलमा स्पेनलाई उपाधि दिलाउन निको विलियम्स र मिकेल ओयारजाबलले गोल गरे ।

उपविजेतामा सिमित इंग्ल्याण्डका लागि भने कोल पाल्मरले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ४७ औं मिनेटमा लामिन यामलको पासमा विलियम्सले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दियो ।

त्यसपछि खेलको ७३ औं मिनेटमा जुधे बेलिङघमको पासमा पाल्मरले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।

तर, ८६ औं मिनेटमा मार्क कुकुरेल्लाको पासमा ओयारजाबले गोल गर्दा स्पेन २–१ ले विजयी भयो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.