एजेन्सी । बलियो स्पेनलाई पराजित गर्दै जर्मनीले पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबल विधाको कांस्य पदक जितेको छ ।
शुक्रवार राति तेस्रो स्थानका लागि भएको खेलमा स्पेनलाई जर्मनीले १–० ले पराजित गर्दै कांस्ष्य पदक जितेको हो ।
फ्रान्सको लियोनस्थित ग्रुपामा रंगशालामा भएको खेलमा जर्मनीलाई जिताउन गिउलिया ग्विनले निर्णायक गोल गरिन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६५ औं मिनेटमा ग्विनले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई १–० ले अघि बढाए ।
एक गोलले पछि परेको स्थिति उल्टाउन प्रयासरत स्पेनले खेलको इन्जुरी समयको ९ औं मिनेटमा पेनाल्टी पायो ।
तर, स्पेनकी एलेक्सिया पुटेल्लासको प्रहार जर्मनीका गोलकिपर अन कार्टिन बेरगरले बचाउ गर्दा स्पेन पराजित हुन पुग्यो ।