एजेन्सी । इंग्ल्याण्डले आईसीसी महिला टि–२० विश्वकपमा स्कटल्याण्डलाई सहजै पराजित गरेको छ ।

आईतवार भएको खेलमा इंग्ल्याण्डले स्कटल्याण्डलाई सहजै १० विकेटले पराजित गरेको हो ।

जितसंगै इंग्ल्याण्डले जारी विश्वकपको समूह चरणमा लगातार ३ खेलमा जित निकाल्नेक्रममा ६ अंक जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ ।

योसंगै इंग्ल्याण्ड सेमिफाइनल नजिक पुगेको छ ।

स्कटल्याण्ड भने अहिलेसम्म खेलेको सबै ३ खेलमै पराजित रहँदै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ ।

युएईको सारजाहस्थित सारजाह क्रिकेट रंगशालामा भएको खेलमा ११० रनको विजयी लक्ष्य इंग्ल्याण्डले १० ओभर खेल्नेक्रममा विना विकेट क्षति ११३ रन जोडेर पूरा गर्यो ।

इंग्ल्याण्डलाई जिताउन ओपनर ब्याटर माइया बाउचेरले ३४ बलमा १२ चौका प्रहार गर्दै सर्वाधिक ६२ रनको अर्धशतकिय पारी खेल्दा अर्का ओपनर ड्यानी वाटले २६ बल खेल्नेक्रममा ७ चौका प्रहार गर्दै ५१ रन जोडिन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १०९ रन जोड्यो ।

स्कटल्याण्डका लागि कप्तान क्याथरिन ब्रेसले २८ बलमा ४ चौका प्रहार गर्दै ३३ रन जोडेर आउट हुँदा ओपनर ब्याटर तथा विकेटकिपर साराह ब्रेसले ३१ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै २७ रन जोडेर पेविलियन फर्किन् ।

त्यस्तै, अर्का ओपनर सस्किया होर्लेले २३ बलमा १३ रन जोड्दै आउट हुँदा एलिसा लिस्टरले १४ बल खेल्नेक्रममा १ छक्का प्रहार गर्दै ११ रन जोडेर पेविलियन फर्किन् ।

यता, मेगन म्याककल १० र क्याथरिन फ्रेसर ६ रनमा अविजित रहँदा डार्के कार्टर ३ र लोर्ना ज्याक शुन्य रनमा पेविलियन फर्किन् ।

स्कटल्याण्डले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

इंग्ल्याण्डका लागि सोफी इस्लेस्टोनले २ विकेट लिँदा नाट सिभेर ब्रुन्ट, लौरेन बेल, चार्ली डिन र ड्यानियल गिब्सनले समान १–१ विकेट लिइन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.