एजेन्सी । उपाधि दाबेदार राष्ट्र अष्ट्रेलियाले आईसीसी टि–२० विश्वकपअन्तर्गत खेलमा स्कटल्याण्डलाई पराजित गरेको छ ।

आईतवार विहान भएको खेलमा बलियो टेस्ट राष्ट्र अष्ट्रेलियाले एसोसियट राष्ट्र स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।

जितसंगै अष्ट्रेलियाले समूह चरणमा शतप्रतिशत नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ ।

अष्ट्रेलियाले समूह ‘बी’ मा४ खेलबाट ८ अंक जोड्दै समूह विजेता भएको छ ।

यता, अष्ट्रेलियाले स्कटल्याण्डलाई हराएसंगै इंग्ल्याण्ड पनि समूह उपविजेता बन्दै सुपर ८ मा प्रवेश गर्न सफल भएको छ ।

साविक विजेता टोलीले ४ खेलबाट ५ अंक जोडेको छ ।

उसो त एसोसियट राष्ट्र स्कटल्याण्डको पनि समान ४ खेलमा ५ नै अंक रहेको छ ।

तर, नेट रननेटका आधारमा इंग्ल्याण्ड दोस्रो स्थानमा उक्लिदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

वेस्ट इन्डिजस्थित बौसेजोर रंगशालामा भएको खेलमा १८१ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै १८६ रन जोड्यो ।

अष्ट्रेलियाको जितमा ओपनर ब्याट्सम्यान ट्राभिस हेडले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६८ रनको अर्धशतकिक पारी खेल्दा मार्कुस स्टोइनिसले २९ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गर्दै ५९ रनको अर्धशतकिय पारी खेलेर पेविलियन फर्किए ।

त्यस्तै, टिम डेभिडले १४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २८ रन जोडेर अविजित रहँदा ग्लिन म्याक्सवेलले ८ बल खेल्दै १ छक्का प्रहार गरेर ११ रन जोड्दै पेविलियन फर्किए ।

यता, कप्तान मिट्चेल मार्श ८ र अर्का ओपनर डेभिड वार्नर १ रनमा पेविलियन फर्किदा विकेटकिपर म्याथ्यु वाडे ४ रनमा अविजित रहे ।

अष्ट्रेलियाले अतिरिक्त रुपमा ७ रन जोड्यो ।

स्कटल्याण्डका लागि मार्क वाट र सफियान शरिफले समान २–२ विकेट लिँदा ब्राड ह्विलले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन जोड्यो ।

स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुल्लेनले ३४ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६० रनको अर्धशतकिय पारी खेल्दा कप्तान रिची बेरिङटनले ३१ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै ४२ रन जोडेर अविजित रहे ।

त्यस्तै, ओपनर ब्याट्सम्यान जर्ज मुन्सेले २३ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३५ रन जोडेर आउट हुँदा विकेटकिपर म्याथ्यु क्रसले ११ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडेर पेविलियन फर्किए ।

यता, क्रिस ग्रेभ्स ९, माइकल लिस्क ५ र अर्का ओपनर माइकल जोन्स २ रनमा पेविलियन फर्किए ।

स्कटल्याण्डले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

अष्ट्रेलियाका लागि ग्लिन म्याक्सवेलले ४ ओभर बलिङ गर्दै ४४ रन खर्चिएर २ विकेट लिँदा अस्टोन अगर, नाथान इलिस र एडम जाम्पाले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.