भक्तपुर । कतारमा जारी फिफा विश्वकपको सेमिफाइनल पुग्ने चार राष्ट्रको टुंगो लागेसंगै सेमिफाइनल समिकरण पूरा भएको छ ।

सनिवार मध्यराति सम्पन्न अन्तिम क्वाटरफाइनल खेलसंगै सन् २०२२ को फिफा विश्वकपको समिफाइनल समिकरण तय भएको हो ।

अन्तिम चारमा युरोपका दुई, दक्षिण अमेरिकाको एक र अफ्रिकी महादेशबाट एक राष्ट्रले स्थान बनाएका छन् ।

युरोपबाट साविक विजेता फ्रान्ससंगै साविक उपविजेता क्रोएसियाले सेमिफाइनलमा स्थान बनाउँदा दक्षिण अमेरिकाबाट उपाधि दावेदार राष्ट्र अर्जेन्टिनाले अन्तिम चारमा स्थान बनाएका छन् ।

 

यता, अफ्रिकी महादेशबाट पहिलोपटक विश्वकपमा मोरक्कोले सेमिफाइनलको स्थान सुरक्षित गरेको हो ।

कतारमा जारी विश्वकपको समेफाइनलसम्मको समिकरण ।

साविक विजेता राष्ट्रले बलियो इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै उपाधि रक्षा अभियान जारी राख्दा साविक उपविजेता क्रोएसियाले पनि सर्वाधिक पाँचपटकका विश्व विजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै समिफाइनलको स्थान सुरक्षित गरेको हो ।

यता, लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले युरोपेली राष्ट्र नेडरल्याण्डलाई ट्राइब्रेकरमा पाखा लगाउँदै अन्तिम चारमा प्रवेश गर्दा अफ्रिकी राष्ट्र मोरक्कोले इतिहास रच्नेक्रममा क्रिस्चियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलमाथि सनसनी १–० को जित हात पार्यो ।

अब समिफाइनलको पहिलो खेलमा अर्जेन्टिना र क्रोएसिया लुसाइल आइकोनिक रंगशालामा मंगलबार मध्यराति आमनेसामने हुँदैगर्दा साविक विजेता फ्रान्सले जारी विश्वकपमा अन्डर दगका रुपमा परिचय बनाएको मोरक्कोसंग प्रतिस्पर्धा गर्नेछ ।

उक्त खेल बुधवार मध्यराति अल ब्याट रंगशालामा हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.