DOHA, QATAR - NOVEMBER 21: Virgil van Dijk of Holland is wearing with the new FIFA approved Captain band No Discrimination after FIFA forbid the One Love Captain band during the World Cup match between Senegal v Holland at the Al Thumama Stadium on November 21, 2022 in Doha Qatar (Photo by Eric Verhoeven/Soccrates/Getty Images)

भक्तपुर । फिफा विश्वकप अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेडरल्याण्डले सनेगलमाथि महत्वपूर्ण जित निकालेको छ ।

सोमवार अल थुमामा रंगशालामा भएको खेलमा डच टोलीले अफ्रिकी च्याम्पियन सेनेगलमाथि प्रतिस्पर्धात्मक २–० को जित निकालेको हो ।

निक्कै नै प्रतिस्पर्धात्मक खेलमा लुईस भान गालको प्रशिक्षकत्वमा रहेको डच टोलीका लागि खेलको ८४ औं मिनेटमा कोडी गाग्पोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

दुबै टोलीले गोल गर्ने केहि राम्रा अवसरहरु गुमाएका थिए । खेलको इन्जुरी समयमा डभ्य क्लासेनले नेडरल्याण्डका लागि दोस्रो गोल गर्दा डच टोलीको जित पक्का गरे । जितसंगै डच टोलीले ३ अंक जोडेको छ ।

समूह ‘ए’ मा चारै टोलीले पहिलो खेल खेलिसक्दा इक्वेडर र नेडरल्याण्डले ३–३ अंक जोडेको छ । गोल अन्तरका आधारमा डच टोली समूहमा शीर्ष स्थानमा रहँदा इक्वेडर टोली दोस्रो स्थानमा छ ।

त्यस्तै, सेनेगल र आयोजक कतार विना अंक तेस्रो र अन्तिम स्थानमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.