भक्तपुर । सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन पनि रवि खड्काले अग्रता बनाएका छन् ।

चार अन्डर ६४ स्कोर गरेका रविले समग्रमा १० अन्डर १२६ स्कोर जोडेका थिए । सूर्य नेपाल काठमाडौं ओपनमा रविले पहिलो दिन ६–अन्डर ६२ स्कोर गरेका थिए ।

३६ होलको समाप्तीमा रविले भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि परेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा जारी प्रतियोगिताको दोस्रो दिन रविले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिनेक्रममा पहिलो, तेस्रो, चौँथो र छैटौँ होलमा बर्डी प्रहार गरे ।

दोस्रो स्थानमा रहेका भुवनले पनि दोस्रो दिन ४–अन्डर ६४ कार्ड बनाउँदा समग्रमा ९–अन्डर १२७ को स्कोर बनाउन सफल भएका छन् । भुवनले पहिलो दिन ५–अन्डर ६३ स्कोर गरेका थिए ।

१–अन्डर ६७ अंक बनाएका रमेश अधिकारीले समग्रमा २–अन्डर १३४ स्कोर गर्दै तेस्रो स्थानमा उक्लिन सफल भएका छन् । रमेशले पहिलो दिन पनि १–अन्डर ६७ अंक स्कोर गरेका थिए ।

एमेच्योरतर्फ अजित बिके समग्रमा ६–ओभर १४२ को स्कोरसहित शीर्षस्थानमा कायमै छन् । उनले आज ४–ओभर ७२ मा खेल सकाएका थिए ।

दोस्रो स्थानमा रहन सफल सुरेश तामाङ र तेस्रो स्थानका प्रज्जवल गुरुङ अजित भन्दा १७ स्ट्रोकले पछि छन् ।

प्रतियोगिताको विजेताले एक लाख १६ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् । उपविजेता खेलाडीले ७४ हजार तथा तेस्रो हुनेले ६३ हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, उत्कृष्ट २१ भित्र पर्न सफल सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.