एजेन्सी । भारतीय मध्यक्रमका ब्याट्सम्यान सुर्यकुमार यादव पुरुष टि–२० क्रिकेटर अफ द इयर घोषित भएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधवार यादवलाई टि–२० क्रिकेटर अफ द इयर घोषणा गरेका हुन् ।
सन् २०२२ मा उनले टि–२० ढाँचामा ११०० भन्दा बढी रन जोड्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सो वर्ष उनले टि–२० को ३१ खेलमा ११६४ रन जोडेका थिए । सो वर्ष उनको स्ट्राइक रेट १८७.४३ थियो ।
सोही वर्ष टि–२० को वरियतामा पाकिस्तानका मोहम्मद रिजवानलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको थियो ।
पछिल्लो समय ३२ वर्षिय खेलाडी भारतीय क्रिकेट टोलीका महत्वपूर्ण खेलाडी बनेका छन् ।