एजेन्सी । वेस्ट इन्डिजमा जारी आईसीसी टि–२० विश्वकपअन्तर्गत सुपर ८ को खेलमा बंगलादेशमाथि अष्ट्रेलियाले जित निकालेको छ ।

शुक्रवार विहान वर्षाले प्रभावित खेलमा बंगलादेशमाथि उपाधि दाबेदार राष्ट्र अष्ट्रेलियाले डिएलएस पद्दतीमार्फत् २८ रनको जित निकालेको हो ।

जितसंगै अष्ट्रेलियाले सुपर ग्रुप १ मा २ अंक जोडेको छ ।

अन्टिगुवा एन्ड बारबुडास्थित सर भिभियान रिर्चाड्स स्टेडियममा भएको खेलमा १४० रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले ११.२ ओभरमा २ विकेट गुमाउँदै १०० जोड्दै खेलिरहँदा वर्षाले खेल बिथोलियो ।

त्यसपछि खेल पुनः सुरु हुन नसकेपछि डिएलएस पद्दती अनुसार अष्ट्रेलिया विजयी भयो ।

अष्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यान डेभिड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५३ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा ग्लिन म्याक्सवेल पनि ६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १४ रन जोडेर अविजित रहे ।

यता, ट्रभिस हेडले २१ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरेर ३१ रन जोड्दै आउट हुँदा कप्तान मिट्चेल मार्श १ रनमा पेविलियन फर्किए ।

अष्ट्रेलियाले अतिरिक्त रुपमा १ रन जोड्यो ।

बंगलादेशका लागि रिशाद हुसेनले ३ ओभर बलिङ गर्दै २३ रन दिएर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १४० रन जोड्यो ।

बंगलादेशका लागि कप्तान नाजमुल हुसेन शान्तोले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४१ रन जोडेर आउट हुँदा तौहिद हृदयले २८ बल खेल्नेक्रममा २ चौका र २ छक्का प्रहार गर्दै ४० रन जोडेर आउट भए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान तथा विकेटकिपर लिटन दासले २५ बल खेल्नेक्रममा २ चौका प्रहार गरेर १६ रन जोड्दै आउट हुँदा तास्किन अहमेदले ७ बलमा १ चौका प्रहार गरेर १३ रन जोड्दै अविजित रहे ।

यता, शकिब अल हसन ८, रिशाद हुसेन र महमुदुल्लाह समान २–२ रनमा आउट हुँदा तान्जिम हसन सकिब ४ रनमा अविजित रहे ।

बंगलादेशका अर्का ओपनर तान्जिद हसन र माहेदी हसन शुन्य रनमा पेविलियन फर्किए ।

बंगलादेशले अतिरिक्त रुपमा १४ रन जोड्यो ।

अष्ट्रेलियाका लागि प्याट कमिन्सले ४ ओभर बलिङ गर्दै २९ रन दिएर३ विकेट लिए ।

कमिन्सले ह्याट्रिक विकेट लिएका थिए ।

त्यस्तै, एडम जाम्पाले ४ ओभर बलिङ गर्दै २४ रन दिएर २ विकेट लिँदा मिट्चेल स्टार्क, मार्कुस स्टोइनिस र ग्लिन म्याक्सवेलले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.