एजेन्सी । उपाधि रक्षा अभियानमा रहेको इंग्ल्याण्डले आईसीसी टि–२० विश्वकपअन्तर्गत सुपर ८ को पहिलो खेलमा वेस्ट इन्डिजलाई पराजित गरेको छ ।

विहिवार विहान भएको खेलमा साविक विजेता इंग्ल्याण्डले सह–आयोजक वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो ।

महत्वपूर्ण जितसंगै इंग्ल्याण्डले ग्रुप २ मा महत्वपूर्ण २ अंक जोड्दै समूह तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

वेस्ट इन्डिजको बेयाउसेजोर रंगशालामा भएको खेलमा १८१ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिको इंग्ल्याण्डले १७.३ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्यो ।

साविक विजेता टोलीको जितमा ओपनर ब्याट्सम्यान फिल साल्टले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ८७ रनको अर्धशतकिय पारी खेल्दा जोनी बाइस्ट्रोले २६ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरेर ४८ रन जोड्दै अविजित रहे ।

त्यस्तै, अर्का ओपनर कप्तान तथा विकेटकिपर जोस बटलरले २२ बलमा २ चौका प्रहार गर्दै २५ रन जोडेर आउट हुँदा मोइन अलीले १० बल खेल्दै २ चौका प्रहार गरेर १३ रन जोड्दै पेविलियन फर्किए ।

इंग्ल्याण्डले अतिरक्त रुपमा ८ रन जोड्यो ।

वेस्ट इन्डिजका लागि एन्डे« रस्सेल र रोस्टन चेसले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १८० रन जोड्यो ।

घरेलु टोलीका लागि ओपनर ब्याट्सम्यान जोनसन चार्लिसले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३८ रन जोड्दै आउट हुँदा विकेटकिपर निकोलास पुरनले ३२ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरेर ३६ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, कप्तान रोभमान पावेलले १७ बलमा ५ छक्का प्रहार गर्दै ३६ रन जोडेर आउट हुँदा शेरफाइन रुथरफोर्डले १५ बल खेल्नेक्रममा १ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोडेर अविजित रहे ।

यता, अर्का ओपनर ब्रान्डन किंगले १३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडेर रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिदा आन्ड्रे रस्सेल १ रनमा पेविलियन फर्किए ।

रोमारियो शेफर्ड ५ रनमा अविजित रहे ।

वेस्ट इन्डिजले अतिरिक्त रुपमा १३ रन जोड्यो ।

इंग्ल्याण्डका लागि जोफ्रा आँचर, आदिल राशिद, मोइन अली र लैम लिभिङस्टोनले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.