भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० क्रिकेट लिगअन्तर्गत ९ औं खेल सुपर ओभरमार्फत निर्णय भएको छ ।

लुम्बिनी अल स्टार्सले सुपरओभरमा फार वेस्ट युनाइटेडमाथि रोमाञ्चक जित हात पारेको हो ।

निधारित २० ओभरको खेलमा दुबै टोली १३७ रनमा समेटिएपछि खेलको निर्णय सुपरओभरबाट लिइएको हो ।

लिगको पहिलो सुपर ओभरमा लुम्बिनी अल स्टार पहिला ब्याटिङ उत्रिएको थियो लाहिरु मिलन्था र शाड्ली भान शाल्बिकले लुम्बिनीको ब्याटिङ सम्हालेका थिए ।

फार वेस्टका लागि भने करण केसी बलिङमा आएका थिए । पहिलो दुई बलमा कुनै रन बनाउन नसकेता पनि तेस्रो र चौथौं बलमा लाहिरु मिलान्थाले छक्का प्रहार गरेका थिए ।

त्यसपछि पाँचौ बलमा ३ रन लिँदा अन्तिम बलमा शाड्लीले पनि ३ रन नै लियो । रह्यो । जवाफी ब्याटिङमा ओर्लिएको फार वेस्टका लागि हजमतुल्लाह शाहिदी र विनोद भण्डारीले ब्याटिङ सम्हालेका थिए ।

शाहिदीले पहिलो बलमै छक्का प्रहार गर्दै खेलमा रोमाञ्च थपे । दोस्रो बलमा रन बनाउन नसक्दा तेस्रो बलमा १ रन बनाए । चौथो बल पनि १ रन मात्र लिन सफल हुँदा फार वेस्ट दवावमा आयो ।

बाँकी दुई बलमा पनि १–१ रनमात्र जोडेपछि लिगको पहिलो सुपर ओभर लुम्बिनीले ९ रनले जित्यो ।

यसअघि क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा लुम्बिनीले टस जित्दै फार वेस्टलाई ब्याटिङमा निम्ट्याएको थियो ।

फार वेस्टले २० ओभरमा ६ विकेटको क्षतिमा १३७ रन बनाएको थियो । फार वेस्टका लागि देव खनालले सर्वाधिक ४८ रनको योगदान गरेको थियो ।

त्यस्तै, कप्तान हसमतुल्लाह शाहिदीले ३२ रन जोडेका थिए । भिम सार्कीले १५, करन केसी अविजित रहँदै १२ जोड्दा अन्य ब्याटरहरुले खासै प्रशर्दन देखाउन सकेन ।

लुम्बिनीका लागि स्याद्ले भान शाल्बिकले २ विकेट लिँदा किशोर महतो, सागर ढकाल र हर्मित सिङले १–१ विकेट लिए ।

यता, १३८ रनको जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले पनि २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १३७ रन बनायो ।

लुम्बिनीका लागि गुल्शन झाले अविजित ३६ रनको महत्वपूर्ण योगदान गर्यो । त्यस्तै, लाहिरु मिलान्थाले ३४ रन बनाउँदा बिपुल शर्माले ३१ र अनिल साहले ९ रन जोडे ।

फार वेस्टका लागि करन केसी र शेर मल्लले २–२ विकेट लिँदा भुवन कार्की र राशिद खानले पनि १–१ विकेट लिए ।

जारी लिगमा लगातार चौथो जित निकालेको लुम्बिनी लिग तालिकाको शीर्ष स्थानमा कायमै छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.