भक्तपुर । काठमाडौंमा जारी आईसीसी पुरुष टि–२० विश्वकप फाइनल एसियाअन्तर्गत फाइनल खेलमा नेपाल ओमानसंग सुपरओभरमा ११ रनले पराजित भएको छ ।
आईतवार भएको रोमाञ्चक खेल निर्धारित २०–२० ओभरमा बराबरी भएपछि खेलको निर्णय सुपरओभरमार्फत लिइएको हो । जसमा नेपाल ११ रनले पराजित भएको हो ।
सुपर ओभरमा पहिला ब्याटिङमा उत्रिएको ओमानले विना कुनै विकेट क्षति २१ रन जोड्यो ।
२२ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले १ विकेट गुमाउँदै मात्र १० रन जोड्न सक्यो ।
योसंगै नेपालमाथि जित हासिल गरेको ओमानले छनोट प्रतियोगिताको उपाधि जितेको छ ।
त्यसअघि क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा १८५ रनको विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १८४ रन जोड्यो । जसले गर्दा खेलको निर्णय सुपर ओभरमा भायो ।
ओमानका लागि कश्यप प्रजापतिले ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६३ रनको अर्धशतकिय पारी खेल्दा अकिब इलियासले १९ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, कप्तान जसिम मकसुदले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २६ रन जोड्दै पेविलयन फर्किदा मोहम्मद नदिमले ९ बलमा ५ चौका प्रहार गर्दै २४ रन जोडेर अविजित रहे ।
यता, आयान खानले ८ बलमा १ छक्का प्रहार गर्दै १० रन जोडेर आउट हुँदा मेहरान खानले ३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १० रन जोडेर आउट भए ।
विकेटकिपर प्रतिक अथाभालेले ७, नसिम खशी र फायाज बटले समान १–१ रन जोड्दै पेविलियन फर्किए ।
शकिल अहमद शुन्य रनमा आउट भए । ओमानले अतिरिक्त रुपमा ९ रन जोड्यो ।
नेपालका लागि सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै ३० रन दिएर २ विकेट लिँदा करण केसीले २ ओभर बलिङ गर्दै ३० रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, सोमपाल कामी, गुलशन झा अबिनाश बोहरा र विवेक यादवले समान १–१ विकेट लिए ।
त्यसअघि टस जित्दै पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १८४ रन जोड्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा गुलशन झाले २५ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, कुशल भुर्तेलले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३१ रन जोड्दै आउट हुँदा सुन्दिप जोराले १३ बलमा १ चौका प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किए ।
करण केसीले ६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २० रन जोडेर अविजित रहे ।
यता, विकेटकिपर आसिफ शेख ६, कुशल मल्ल ३ र विवेक यादव २ रनमा आउट भए ।
नेपालले अतिरिक्त रुपमा ७ रन जोड्यो ।
ओमानका लागि बिलाल खानले ४ ओभर बलिङ गर्दै २६ रन दिएर ३ विकेट लिँदा अकिब इलियासले ४ ओभर बङि गर्दै २२ रन दिएर २ विकेट लिए ।
जिशान मकसुदले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर १ विकेट लिए ।