भक्तपुर । सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि जित हात पार्दै सुदुरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा १८१ रनको विजयी लक्ष्यका साथ मैदान ओर्लिएको मधेश प्रदेश निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै ६६ रनमा समेतिदा सुदुरपश्चिम प्रदेशले ११४ रनले जित हात पारेको हो ।
मधेशका लागि प्रतिमा शाहले १९ रन जोडे । त्यस्तै, सिमा कुँवरले १६ रन जोड्दा अलिशा यादवले १४ रन बनाइन् । मधेशका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदुरपश्चिमका लागि मनिषा चौधरी र रितु कनौजियाले समान २–२ विकेट लिए । त्यस्तै, कविता कुँवर, रितु कनौजिया र स्नेहा महराले १–१ विकेट आ–आफ्नो नाममा पारे ।
त्यसअघि जनता पार्क मैदानमा टस जितेर पहिला ब्याटिङमा आएको सुदुरपश्चिमले निर्धारित २० ओभरको खेलमा २ विकेटको क्षतिमा १८० रन बनाए ।
सुदुरपश्चिमका लागि कविता कुनवारले सर्वाधिक ७० रन जोडे । उनी खेलको प्लेयर अफ द म्याच पनि चुनिए ।
त्यस्तै, विन्दु रावलले अविजित रहँदै ६० रनको अर्धशतकिय पारी खेले । यता, कविता जोशीले पनि ३२ रनको योगदान दिए । सुदुरपश्चिमले अतिरिक्त रुपमा १८ रन पाएको थियो ।
मधेशका लागि साना प्रविन र भुमी सिंहले १–१ विकेट हात पारे ।