भक्तपुर । सुदुरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा जनकपुर बोल्ट्स समक्ष जितका लागि १८५ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

काठमाडौंको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङमा आएको सुदुरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १८४ रन बनाएसंगै जनकपुर रोयल्स समक्ष जितका लागि १८५ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

सुदुरपश्चिमका लागि ओपनर ब्याट्सम्यान सैफ जैबले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६९ रनको अर्धशतकिय पारी खेल्दा अर्का ओपनर विनोद भण्डारीले ३१ बल खेल्नेक्रममा १ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, तेस्रो नम्बरमा ब्याटिङमा उत्रिएको ब्रान्डन म्याकमुलेनले १२ बलमा १ छक्का प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा चौथौं नम्बरमा आएका हरमित सिंहले ८ बल खेल्दै १ छक्का प्रहार गरेर १४ रन बनाएर पेविलियन फर्किए ।

यता, पाँचौं नम्बरमा आएका कप्तान दिपेन्द्र सिंह ऐरीले ७ बल खेल्नेक्रममा ९ रन जोडेर आउट हुँदा छैटौं नम्बरमा ब्याटिङका लागि आएका स्कट कगेलैनले १० बलमा २ चौका प्रहार गर्दै १३ रन जोड्दै पेविलियन फर्किए ।

नवौं नम्बरमा ब्याटिङका लागि आएका नरेश बुढाएर ८, आठौं नम्बरमा आएका इशान पाण्डे ६ र सातौं नम्बरमा आएका आरिफ शेख १ रनमा पेविलियन फर्किदा १० औं नम्बरमा आएका नरेन साउद १ रनमा अविजित रहे ।

सुदुरपश्चिमले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३–३ विकेट लिँदा ललित राजबंशी र जेम्स निशमले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.