भक्तपुर । १९ वर्षमूनीको वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले प्रदेश १ माथि २ सय १३ रनको फराकिलो जित हात पारेको छ ।
जितका लागि २ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एक १६.३ ओभरमा मात्र ५१ रन बनाउँदै अल आउट भएसंगै सुदुरले फराकिलो जित हात पारेको हो । उक्त जित सुदुरपश्चिमको जारी प्रतियोगितामा लगातार चौथौं जित समेत हो ।
प्रदेश १ का लागि भुपाल दंगालले ३२ बलमा १० रनको जोड्दा सुभन गहतराजले ९ रन जोड्नु बाहेक अरु खेलाडीले खासै रन जोड्न सकेनन् ।
सुदुरका लागि हेमन्त धामीले सर्वाधिक ५ विकेट हात पारे । त्यस्तै, आकाश चन्दको नाममा पनि ३ विकेट रह्यो ।
त्यसअघि टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६४ रन बनायो ।
सुदूरको लागि कप्तान अनुराग सिंहले १ सय १२ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिए । मिलन बोहराले ७६ बलमा ८ चौकार १ छक्कासहित ६४ रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, दीपक बोहरा ३२, गजेन्द्र बोहरा २४, आकाश चन्द २०,विशाल ऐर १३, सुनिल चन्द ४ र हेमन्त धामी २ रन बनाएर आउट भए । प्रदेश १ का अभिनया राजबंशीले ४ विकेट लिँदा दिपेश कँडेलले २ जिकेछ लिए ।
खेलको म्यान अफ द म्याच सुदुरका हेमन्त धामी घोषित भए ।