एजेन्सी । नापोलीले इटालियन सिरी एअन्तर्गत खेलमा लेसमाथि जित निकालेको छ ।
सनिवार राति भएको खेलमा लिग लिडर नापोलीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी लेसमाथि १–० को जित निकालेको हो ।
नापोलीको घरेलु मैदान डिएगो अर्मान्डो म्यारेडोना रंगशालामा भएको खेलमा एकमात्र निर्णायक गोल जियोभानी डि लोरेन्जोले गरे ।
दोस्रो हाफको ७३ औं मिनेटमा लोरेन्जोले गरेको गोलमा नापोली १–० ले विजयी भयो ।
जितसंगै नापोलीलृ ९ खेलबाट २२ अंक जोडेको छ ।
पराजित लेसको भने समान ९ खेलबाट ५ अंकसहित तालिकाको १९ औं स्थानमा रहेको छ ।