
एजेन्सी । इटालियन सिरी ए अन्तर्गत खेलमा एएस रोमा र एटलान्टाले बराबरी खेलेका छन् ।
आईतवार राति भएको खेलमा एस रोमा र एटलान्टाले १–१ गोलको बराबरी खेलेका हुन् ।
रोमाको घरेलु मैदान ओलम्पिको रंगशालामा भएको खेलमा एटलान्टाका लागि टिउन कोपमैनेर्सले ७ औं मिनेटमा गोल गर्दै १–० ले अघि बढाए ।
तर, पाउलो डिबालाले रोमाका लागि ३९ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।
त्यसपछि खेलमा थप गोल ननिस्केपछि खेल १–१ को बराबरीमा सकियो ।
बराबरीसंगै घरेलु टोली रोमाले १९ खेलमा २९ अंक जोड्दा लिग तालिकाको ८ औं स्थानमा रह्यो ।
यता, भ्रमणकारी टोली एटलान्टाले पनि समान १९ खेलमा ३० अंक जोडेको छ ।
एटलान्टा तालिकाको छैटौं स्थानमा रहेको छ ।