एजेन्सी । इन्टर मिलानले सिरी ए अन्तर्गत खेलमा रोमालाई पराजित गरेको छ ।
आईतवार राति भएको खेलमा इन्टर मिलानले रोमालाई १–० ले पराजित गरेको हो ।
रोमाको घरेलु मैदान स्टाडियो ओलम्पिको रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीलाई जिताउन लाउटारो मार्टिनेजले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६० औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई १–० ले जिताए ।
महत्वपूर्ण जितसंगै इन्टरले ८ खेलबाट १७ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
पराजित रोमाको समान ८ खेलमा १० अंकसहित तालिकाको १० औं स्थानमा रहेको छ ।