Soccer Football - Serie A - Inter Milan v Salernitana - San Siro, Milan, Italy - February 16, 2024 Inter Milan's Denzel Dumfries scores their third goal REUTERS/Daniele Mascolo

एजेन्सी । लिग लिडर इन्टर मिलानले इटालियन सिरी ए अन्तर्गत खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी सालेरनिटानामाथि फराकिलो जित निकालेको छ ।

शुक्रवार राति भएको खेलमा उपाधि दाबेदार टोली इन्टर मिलानले तालिकाको पुच्छारमा रहेको सालेरनिटानामाथि ४–० को फराकिलो जित निकालेको हो ।

इन्टरको घरेलु मैदान स्टाडिओ गिउसेप्पे मियाजा रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा माकुर्स थुराम, लाउटारो मार्टिनेज, डेनजेल डुमफ्रिज र मार्को अर्नाउटोभिकले गोल गरे ।

खेलको १७ औं मिनेटमा कार्लोस अगस्टोको असिस्टमा थुरामले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसको दुई मिनेटपछि नै अगस्टोकै असिस्टमा मार्टिनेजले गोल गर्दा इन्टर २–० ले अघि बढ्यो ।

त्यस्तै, ४० औं मिनेटमा डुमफ्रिजले गोल थप्दा इन्टर पहिलो हाफसम्ममा ३–० को स्पष्ट अग्रतामा अघि बढ्यो ।

यता, खेलको अन्त्यतिर ९० औं मिनेटमा अर्नाउटोभिकले गोल थप्दा इन्टर ४–० ले विजयी भयो ।

फराकिलो जितसंगै इन्टरले २४ लिग खेल खेलिसक्दा ६३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा बलियो पकड कायम गरेको छ ।

पराजित सालेरनिटानाको २५ खेलमा १३ अंकसहित तालिकाको पुच्छारमा छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.