एजेन्सी । एएस रोमाले इटालियन सिरी ए अन्तर्गत खेलमा काग्लियारीमाथि फराकिलो जित दर्ता गरेको छ ।
सोमवार राति भएको खेलमा रोमाले काग्लियारीमाथि ४–० को फराकिलो जित दर्ता गरेको हो ।
रोमाको घरेलु मैदान ओलम्पिको रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा पाउलो डिबालाले दुई गोल गर्दा लोरेन्जो पेल्लीग्रिनी र डिन हुइज्सेनले एक–एक गोल थपे ।
खेल सुरु भएको दोस्रो मिनेटमै पेल्लीग्रिनीले गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलायो ।
त्यसपछि २३ औं मिनेटमा पिल्ीग्रिनीकै पासमा डिबालाले गोल थप्दा घरेलु टोली २–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ५१ औं मिनेटमा डिबालाले पेनाल्टीमा गोल थप्दा रोमा ३–० को सहज अग्रतासहित अघि बढ्यो ।
खेलको ५९ औं मिनेटमा लियान्ड्रो परेदेशको असिस्टमा हुइज्सेनले गोल थप्दा रोमा ४–० ले विजयी भयो ।
फराकिलो जितसंगै रोमाले २३ सिरी ए खेलमा ३८ अंक जोड्दै लिग तालिकाको पाँचौं स्थानमा रहेको छ ।
पराजित काग्लियारीको समान खेलमा १८ अंकसहित तालिकाको १८ औं स्थानमा रहेको छ ।