
एजेन्सी । इन्टर मिलानले इटालियन सिरी ए अन्तर्गत खेलमा युभेन्टसमाथि जित हासिल गरेको छ ।
आईतवार राति भएको खेलमा इन्टर मिलानले युभेन्टसमाथि १–० को जित हासिल गरेको हो ।
मिलानको घरेलु मैदान स्टाडियो गिउसेप्पे मियाजा रंगशालामा भएको खेलमा युभेन्टसका फेडेरिको गाट्टीको आत्मघाती गोलमार्फत् इन्टर विजयी भयो ।
गाट्टीले पहिलो हाफको ३७ औं मिनेटमा आत्मघाती गोल गर्न पुगे ।
जितसंगै इन्टरले २२ खेलमा ५७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
पराजित युभेन्टस भने २३ खेलमा ५३ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।