
एजेन्सी । युभेन्टसले इटालियन सिरी ए अन्तर्गत खेलमा फियोरेन्टिनामाथि जित निकालेको छ ।
आईतवार राति भएको सिरी ए अन्तर्गत खेलमा युभेन्टसले फियोरेन्टिनामाथि १–० को जित निकालेको हो ।
युभेन्टसको घरेलु मैदान एलियान्ज रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा फेडेरिको गाटीले निर्णायक गोल गरे ।
पहिलो हाफको २१ औं मिनेटमा गाटीले गरेको गोल निर्णायक बन्दा युभेन्टस १–० ले विजयी भयो ।
जितसंगै युभेन्टसले ३१ खेलमा ६२ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा कायम रहेको छ ।
पराजित फियोरेन्टिनाको ३० खेलमा ४३ अंकसहित तालिकाको १० औं स्थानमा रहेको छ ।