एजेन्सी । मार्कुस थुरामप्रेरित इन्टर मिलानले सिरी ए अन्तर्गत खेलमा टोरिनोमाथि जित हासिल गरेको छ ।

सनिवार राति भएको खेलमा इन्टर मिलानले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी टोरिनोमाथि ३–२ को जित हासिल गरेको हो ।

इन्टरको घरेलु मैदान स्टाडियो गिउसिप्पे मियाजा रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन थुरामले ह्याट्रिक हाने ।

खेल सुरु भएको २० औं मिनेटमा गुइलेर्मो मारिपानले रातो कार्ड खाँदा टोरिनो १० खेलाडीमा समेतियो ।

जसको फाइदा लिँदै २५ औं मिनेटमा अलेस्सान्ड्रो बास्टोनीको पासमा थुरामले गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढाए ।

त्यस्तै, ३५ औं मिनेटमा फ्रान्सिस्को असेर्बीको पासमा थुरामले गोल थप्दा इन्टर २–० ले अघि बढ्यो ।

तर, त्यसको एक मिनेटपछि नै जिभिडास जिनैटिसको पासमा डुभान जापटाले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल २–१ को अवस्थामा आयो ।

यता, दोस्रो हाफको ६० औं मिनेटमा थुरामले ह्याट्रिक पूरा गर्दा इन्टर ३–१ ले अघि बढ्यो ।

खेलको अन्त्यतिर ८६ औं मिनेटमा टोरिनोका लागि निकोला भ्लासिकले गोल फर्काउँदा खेल ३–२ ले सकियो ।

जितसंगै इन्टरले ७ खेलबाट १४ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

पराजित टोरिनोको समान ७ खेलबाट ११ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.